प्रथम बृहत्त जुम्ला महोत्सव सम्पन्न

जुम्ला । प्रथम बृहत जुम्ला कृषि, पर्यटन व्यापार तथा सांस्कृति महोत्सव सम्पन्न भएको छ । जुम्लामा बैशाख १३ गतेदेखि सुरु भएको बृहत्त जुम्ला महोत्सब १४ दिन सञ्चालित भएर विहिबार सम्पन्न भएको हो ।

राष्ट्यि लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्ला शाखाको आयोजनामा महोत्सव संचालन भएको थियो । महोत्सवमा १४ दिन सम्म राष्ट्यि तथा स्थानीय कलाकारहरुको बेरोजड प्रस्तुती राखिएको थियो । भने एकल नृत्य तथा देउडा गित प्रतियोगिता समेत गरिएको थियो । महोत्सव समापनका अबसरमा प्रतियोगितामा प्रथम आउनेलाई पुरुस्कृत समेत गरिएको राष्ट्यि लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाका सचिव विश्वराज खत्रीले बताए । उनका अनुसार महोत्सवमा रैथाने अन्नबालीको स्टल राख्नेलाई पनि सम्मान गरिएको छ ।

कोरोनाले थलिएको जुम्लाको अर्थतन्त्रलाई चलायमान बनाउन,सांस्कृति संरक्षणका साथै मनोरञ्जन प्रदान गर्ने उदेश्यले जुम्लाकै हाल सम्मकै लामो तथा बृहत्त महोत्सव आयोजना गरिएको राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका अध्यक्ष कर्ण बुडथापाले बताए ।
उनले भने,‘देशमा आर्थिक मन्दी भएको बेला हामीले जुम्लाको आर्थिक स्तर उकास्न र रैथाने कृषिको मुख्य प्रबंधनको लागि हामीले महोत्सव आयोजन गरेका हौ । महोत्सव थोरै भएपनि व्यापारीलाई मलम लगाएको महशुस गरेका छौ ।’

अध्यक्ष बुढ्थापाले व्यापारिक गतिविधि मात्र नभई जुम्लामा लुकेर रहेका प्रतिभाको समेत खोजी गरेर पहिचान गरेको समेत बताए । उनले १४ दिन सम्म संचालन भएको यस महोत्सवमा सहयोगी हातहरु सबैलाई धन्यबाद ज्ञापन गरेका छन् ।

जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख महोत्सवले जुम्लाको आर्थिक चलायमान बनाउन टेवा पुराएको बताए । जुम्लाको भाषा सांस्कृति संरक्षणका लागि यस्ता मेला महोत्सव निरन्तर हुनु पर्नेमा जोड दिए । साथै महोत्सवले नयाँ प्रतिभा समेत उजागर गरेकोमा धन्यबाद दिए ।

चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेवी खड्काले महोत्सवको आयोजना समयानूकुल नभएपनि लामो समयपछि लागेको महोत्सवले जुम्ली नागरिकलाई भरपुर मनोरञ्जन प्रदान गरेको बताए । उनले भदौ महिना तिर यस्ता महोत्सव भएको खण्डमा जुम्लामा उत्पादन हुने स्याउ,सिमि,ओखर लगायतको रैथानेबालीको प्रर्बद्धन हुनेमा जोड दिईन् ।

जिल्ला सरकारी संघ जुम्लाका अध्यक्ष ऋषिराम पाण्डेले जुम्लामा आर्थिक मन्दीमा पनि १४ दिन महोत्सव लगाएर व्यापारिक गतिविधि बढाएको बताए । महोत्सव अवधिभर जेष्ठनागरिक तथा अपांग व्यक्तिलाई परिचयपत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था थियो । भने विद्यार्थीलाई एक सय र अन्य सर्वसाधारणलाई एक सय ५० रुपैया प्रवेश शुल्क तोकिएको थियो ।

१४ दिन सम्म महोत्सवलाई सभ्य रुपमा सम्पन्न गर्नका लागि हरेक तवरबाट सहयोग गर्ने सबै सरोकारवाला निकायलाई आयोजकले सम्मान पत्र प्रदान गरेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस