जुम्ला । जुम्लाकाे सिंजा गाउँपालिका पुर्णखाेप सुनिश्चितता घाेषणा भएकाे छ। हरेक वर्ष गरिने कार्यक्रमनुसार खाेप उमेर समुहका सबै बालबालिका खाेपकाे पहुँचमा पुगेपछि सिंजालाई पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना पालिका घाेषणा गरिएकाे हाे ।
शनिवार एक ओैपचारिक कार्यक्रमका बीच सिंजा गाउँपालिकालाई पुर्णखाेप सुनिश्चित पालिका घाेषणा गरिएकाे सिंजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित जंङ्ग राेकायाले बताए । उनका अनुसार खाेप उमेर समूह ०-१५ महिनाका २४१ बालबालिका पूर्णखाेपकाे पहुँचमा पुगेका छन् ।
६ वटा वडा रहेकाे सिंजाका वडा नं. १ का ४६, वडा नं. २ का ३१, वडा नं ३ का ३५, वडा नं ४ का २२, वडा नं ५ का ४९ र वडा नं ६ का ४७ जना गरि कुल २४१ बालबालिक पुर्णखाेपकाे पहुँचमा पुगेकाे स्वास्थ्य शाखा प्रमुख राेकायाले कर्णाली मिसनलाई जानकारी दिए ।
सिंजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले भविष्यमा राष्टकाे अब्बल र दक्ष जनशक्ति निर्माणका लागि अहिले बालबालिकाे स्वास्थ्यमा लगानी गर्नु पर्ने बताए । पालिकाले बालबालिकाे स्वास्थ्य शिक्षामा विशेष जाेड दिने उल्लेख गरे । स्वास्थ्य क्षेत्रकाे विकासका लागि पालिकाले नीतिग रुपमै प्रथामिकता दिने उनकाे भनाई छ ।

प्रमुख प्रशासकिय अधिकृत पवित्रा शाहीले राेग प्रतिराेधात्मक क्षामता बढाउनका लागि पनि खाेप अनिवार्य लगाउनु पर्ने बताईन् । पुर्ण खाेप लगाएकै कारण बाल बच्चालाई कुनै पनि राेगले नछुने धएकाेले बच्चालाई खाेपबाट छुटाउन नहुने उल्लेख गरिन् ।
पुर्णखाेप सूनिश्चितता तथा दिगाेपना घाेषणा कार्यक्रममा उपाध्यक्ष सितली राेकाया,वडाध्यक्षहरु,महिला स्वयम् सेविका लगायतकाे सहभागिता रहेकाे थियाे ।



