राष्ट्रसेवक सहकारीको नेतृत्वमा शान्ता चौलागाई चयन

जुम्ला – राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था जुम्लाको अध्यक्षमा शान्ता चौलागाई चयन भएकी छन् । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको आठौँ साधारण सभाले चौलागाईलाई अध्यक्षमा चयन गरेको हो ।
उपाध्यक्षमा नन्दमाया रोकाया र पदम प्रसाद उपाध्यायलाई साधारण सभाले चयन गरेको हो । यस्तै कोषाध्यक्षमा पुष्पा रोकाया र सचिवमा कृष्णप्रसाद उपाध्याय चयन भएका छन् ।
सदस्यमा बालकृष्ण जैसी, देवेन्द्र जि.सी, केशव न्यौपाने र भगवती श्रेष्ठ चयन भएको जनाएको छ । दिपक बहादुर महतको संयोजकत्वमा तीन सदस्य लेखा समिति गठन भएको जनाएको छ ।
यस्तै सल्लाहकार समितिमा सहकारीका पुर्वअध्यक्ष कमला धराला, कर्मचारी संगठनका केन्द्रीय सदस्य मनप्रसाद खत्री, हिमाली खत्री, पृथ्वीनाथ योगी र गणेश आचार्य रहेका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस