जुम्ला । ताताेपानी गाउँपालिका वडा नं. २ बाबिरा गाउँ निवासी भिम बहादुर बुढा सम्पर्क विहिन भएका छन् । भारतकाे रिकांग पिओबाट सिम्ला हुदैँ नेपाल फर्किने क्रममा उनी सिम्लाबाट सम्पर्क विहिन भएका हुन् ।
४० वर्षिय भिम बहादुर बुढा गत चैत ३ गतेनै भारतबाट घर फर्किने भनेर आए थिए । चैत ३ गतेदखिनै सम्पर्क विहिन भएकाे र हाल सम्म अबस्था अज्ञात रहेकाे स्थानीय धन बहादुर बुढाले बताए ।
उनका अनुसार सम्पर्क विहिन भिम बहादुरलाई खाेजिदिन परिवार अपिल गरेका छन् ।
करिब दुई महिना लागिसक्दा पनि भिम बहादुर घर नपुग्दा परिवार चिन्तामा छन् ।
प्रकाशित मिति : २०८१ बैशाख ३१ गते सोमवार



