डाेल्पामा अलपत्र यूवाकाे उद्दारका लागि हेलिकप्टर जादैँ

जुम्ला । यार्सा संकलनका लागि डाेल्पा पुगेर अलपत्र परेका यूवालाई उद्दार गर्न हेलिकप्टर काठमाण्डाैं उडेकाे छ ।

डाेल्पामा अलपत्र परेका जुम्ला पातारासीका चार जना यूवालाई उद्दार गर्न काठमाण्डाैबाट डाेल्पाका लागि हेलिकप्टर उडेकाे प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र बहादुर शाहीका प्रमुख स्वकिय गाेर्कण कठायतले बताए ।

उद्दारका लागि सांसद शाहीका प्रमुख स्वकिय सचिव कठायत र विरामी दाजु नाता पर्न कमल बुढा पनि डाेल्पा गएका छन् ।

उद्दारका लागी डोल्पा जिल्ला से-फोक्सुण्डो गाउँपालिका वडा नं ५ फोतगाउ क्षेत्रका लागी हेलीकप्टर उडेकाे हाे ।

अलपत्र पर्नेमा पातारासी ३ मोहरी गाउँका ओमप्रकाश बुढा र जय बुढा, चौर गाउँका हिरालाल रावत र चन्नलाल रावत रहेका छन् ।
चार जनामध्ये ओमप्रकाश बुढा लेक लागेर बिरामी परेका छन् । 

सांसद विनिता कठायत,देवेन्द्र बहादुर शाहीकाे व्यक्तिगत लगानी र स्थानीयकाे सहयाेगमा हेलिकप्टर व्यवस्थापन गरि उद्दार गर्न लागिएकाे हाे ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस