सांसद र स्थानीयकाे सहयाेगमा डाेल्पामा अलपत्र यूवाकाे हेलिकप्टरबाट उद्दार गरिँदै

जुम्ला । सांसदहरुको व्यक्तिगत र स्थानीयहरुकाे सहयाेगमा हेलिकप्टर व्यवस्थापन गरि डाेल्पामा अलपत्र यूवाकाे उद्दार गरिने भएकाे छ ।

सांसद र स्थानीयद्दारा रकम संकलन गरेपछि हेलिकप्टर रिजर्भ गरि डोल्पामा यार्चागुम्बा टिप्न गएर अलपत्र परेका युवाहरुको उद्दार गरिने भएको हाे ।

अलपत्र पर्नेमा पातारासी ३ मोहरी गाउँका ओमप्रकाश बुढा र जय बुढा, चौर गाउँका हिरालाल रावत र चन्नलाल रावत रहेका छन् । चार जनामध्ये ओमप्रकाश बुढा लेक लागेर बिरामी परेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले एक लाख २५ हजार र कर्णाली प्रदेशका सांसद देवेन्द्र बहादुर शाहीले २० हजार र स्थानीय समुदायको सात लाख सहयोगमा हेलिकप्टर रिजर्भ गरि उनीहरको उद्दार गरिन लागेकाे हाे ।

अन्नपूर्ण प्रालिको हेलिकप्टर निजी तवरबाट पहल गरि बेपत्ता युवाको उद्दार गर्न लागिएको सांसद कठायतले जानकारी दिइन्।

उनले भनिन्, ‘जुम्लाको पातारासी गाउँपालिका -३का चार जना युवाहरु डोल्पाको साल्दाङ फोतगाउँ पासु क्याम्प क्षेत्रमा अलपत्र परेको खबर छ।’

सरकारी तवरबाट हेलिकोप्टरको व्यवस्थाका लागि पत्र पठाए पनि समयमै व्यवस्थापन नहुँदा अन्तत: नीजि स्तरबाट रकम संकलन गरि हेलिकप्टरबाट उद्दार गर्न लागिएकाे पर्यटन व्यवसायी भानु देवकोटाले जानकारी बताए।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस