१०६ मेगावाटको जगदुल्ला विद्युत आयोजनामा जुट्यो १६ अर्ब लगानी

जुम्ला । कर्णाली प्रदेशको डोल्पा जिल्लामा निर्माणको चरणमा रहेको जगदुल्ला जलविद्युत आयोजनाका लागि आर्थिक स्रोत जुटेको छ । डोल्पाको मुट्केचुला र जगदुल्ला गाँउपालिकामा निर्माण हुने १०६ मेगावाट क्षामताको जगदुल्ला जलविद्युत आयोजनालाई आर्थिक स्रोत जुटेको हो । उर्जा मन्त्रालयबाट निर्माण स्वीकृती पाईसकेको उक्त आयोजना लगानी अभावले अघि बढ्न सकेको थिएन् ।

कर्णाली उज्यालो बनाउने लक्ष्यसहित अघि बढाइएको जगदुल्ला जलविद्युत आयोजनाका लागि बैंक तथा वित्तिय क्षेत्रबाट झण्डै १६ अर्ब लगानी जुटेको छ । कुल २३ अर्ब लागत अनुमान रहेको उक्त आयोजनालाई हालका लागि १६ अर्ब जुटेको हो ।

जलदुल्ला जलविद्युत आयोजनामा नविल बैंक लगायत अन्य वित्तिय क्षेत्रले १६ अर्ब ऋण लगानी गर्ने सम्झौता भएको जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताए । उनका अनुसार गत बुधबार काठ्मान्डौम आयोजित एक कार्यक्रमका बीच उर्जा मन्त्रालय र बैंक वित्तिय क्षेत्रबीच १६ अर्ब लगानीको दुईपक्षीय सम्झौता भईसकेको छ ।

लगानी सम्झौता कार्यक्रममा सहभागी ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले लगानी जुटेसंगै जगदुल्ला जलविद्युत आयोजना निर्माणले गति लिने बताए । उनले भने,‘जगदुल्ला आयोजना कर्णाली उज्यालो बनाउने आयोजना मात्रै हैन् । आर्थिक समृद्धीको आधार पनि हो । नविल बैंकको नेतृत्वमा अन्य वित्तिय संस्थाहरुले गरेको लगानीनुसार जगदुल्ला निर्माण निर्माण कर्णाली उज्यालो हुने आशा छ ।’

द्विपक्षीय ऋण सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना र आयोजनाका तर्फबाट जलदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले हस्ताक्षर गरेका छन् ।

आयोजनामा जुटेको कुल १६ अर्ब मध्य नबिल बैंकले चार अर्ब ४० करोड लगानी लगानी गर्ने आयोजना प्रमुख सापकोटाले जानकारी दिए । उनका अनुसार सहवित्तीयकरणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज र एभरेष्ट बैंकले लगानी गर्नेछन् । १०६ मेगावाट क्षामताको जगदुल्ला विद्युत आयोजनाले समग्र कर्णालीको आर्थिक समृद्धी,रोजगारी सृजना,औधोगिक विकास लगायतका क्षेत्रमा टेवा पुराउने उल्लेख गरे ।

जसमा एचआइडिसिएलले चार अर्ब,कर्मचारी सञ्चयकोषले चार अर्ब,लक्ष्मी सनराइज बैंकले दुई अर्ब र एभरेष्ट बैंकले एक अर्ब

५० करोड गरी कुल १६ अर्ब जगदुल्ला विद्युत आयोजना निर्माणका लागि लगानी गर्ने भएका छन् ।
डिपिआनुसार यो आयोजना निर्माणका लागि कुल २३ अर्ब लाग्ने अनुमान गरिएको छ । जसमध्ये करिब १६ अर्ब ऋण र सात अर्ब स्वपुँजीबाट जुटाउन लागिएको आयोजनाले जनाएको छ ।

वित्तीय व्यवस्थापन भएसँगै आयोजना निर्माणको बाँकी प्रक्रिया अघि बढाउने बाटो खुलेको छ । प्राकृतिक स्रोत साधनले कर्णाली सम्पन्न भएपनि लगानी अभावले यहाँका सम्भावनाहरु अबसरका रुपमा विकास हुन सकेका छैनन् । कर्णालीमा साना ठुला गरी दर्जनबढी विद्युत आयोजनाको डिपिआर तयार गरी निर्माणको चरणमा भएपनि लगानी अभावले अघि बढ्न सकेका छैनन् ।

सरकारको अध्ययनअनुसार कर्णाली प्रदेशको कूल ऊर्जा उत्पादन क्षमता (कर्णाली, भेरी, तिला लगायतका नदी करिडोरमा) १८ हजार मेगावाट रहेको छ । तर हाल ८ दशमलव ५५ मेगावाट बिजुली दैलेखमा उत्पादन भएको छ । भने, सबैभन्दा कम डोल्पा र जुम्लाबाट समान शून्य दशमलव २० मेगावाट मात्रै उत्पादन भएको देखिन्छ । यदपी,निर्माण सम्पन्न भई परिक्षणको क्रममा रहेको जुम्लाको ९९८ किलोवाट क्षामताको चुकेनी विद्युत आयोजना भने तथ्यांकमा समेटीएको छैन् । उक्त आयोजना हाल परिक्षणमा छ ।

त्यस्तै, दैलेखको पदम खोला र द्वारी खोला साना जलविद्युत् आयोजनाबाट क्रमशः चार दशमलव आठ मेगावाट र तीन दशमलव ७५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । जगदुल्ला विद्युत आयोजनापछि अब फूकोट कर्णाली लगायतका अन्य विद्युत आयोजनामा लगानी जुटेको खण्डमा कर्णालीको आर्थिक समृद्धी,रोजगारी सृजना लगायतका क्षेत्रमा टेवा पुग्ने समेत विश्वास गरिएको छ । लगानी अभावले रोकिएका आयोजनालाई अघि बढाउन कर्णाली प्रदेश सरकारले वैदेशिक तथा आन्तरिक लगानी जुटाउन तर्फ नीतिगत रुपमा पहल गर्न जरुरी रहेको छ ।

सांसद ज्ञानेन्द्र बहादुर शाहीले बैंक तथा बित्तिय क्षेत्रलाई कर्णालीको जलविद्युत क्षेत्रमा मात्र नभई कृषि,पर्यटन,पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्न अनुरोध गरे । कर्णालीको सम्भावानालाई आर्थिक समृद्धी र रोजगारी सृजनाका अबसरमा बदल्न ढुक्क भएर लगानी गर्न अनुरोध गरे ।

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस