जुम्लाका आठ पालिकामध्य बेरुजु कम हुनेमा पहिलो तातोपानी,दोस्रो हिमा

जुम्ला । जुम्लाका आठ स्थानीयतह मध्य तातोपानी गाउँपालिका र हिमा गाउँपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । महालेखा परिक्षकको कार्यालयले आईतबार सार्वजानिक गरेको ६१ औँ प्रतिवेदननुसार जुम्लाका आठ पालिकामध्य सबैभन्दा कम बेरुजु हुनेमा तातोपानी पहिलो र हिमा दोस्रो देखिएको हो ।

भने,सबैभन्दा बढी बेरुजु चन्दननाथ नगरपालिकाको  देखिएको छ ।

प्रतिवेदन अनुसार सबैभन्दा कम तातोपानीको बेरुजु १.३४ प्रतिशत मात्रै रहँदा चन्दननाथको सबैभन्दा बढी ७.०२ प्रतिशत बेरुजु देखिएको छ । त्यस्तै बेरुजु कम हुने दोस्रो स्थानमा हिमा गाउँपालिका परेको छ ।

हिमाको बेरुजु २.७१ प्रतिशत रहेको छ । साथै गुठिचौर गाउँपालिका सबैभन्दा बढी बेरुजु रहेको दोस्रो पालिकामा देखिएको छ । गुठिचौरको बेरुजु ६.९२ प्रतिशत रहेको प्रतिबेदनले देखाएको छ ।
 

कनकासुन्दरी गाउँपालिकाको ५.५१ प्रतिशत,तिला गाउँपालिकाको ३.१० प्रतिशत,पातारासी गाउँपालिकाको ४.१३ प्रतिशत र सिंजा गाउँपालिकाको ६.३० प्रतिशत बेरुजु रहेको छ ।   महालेखा परिक्षकको प्रतिवेदनले देखाएको छ ।  

विगतको तुलनामा पालिकहरुमा आर्थिक सुशासन बलियो बनेको देखिन्छ । स्थानीय सरकारको सुरुवातीमा करोडौमा देखिने बेरुजु अहिले हजार र लाखमा झरेको छ । आर्थिक सुशासनमा जोड दिएको खण्डमा आगामी दिनमा बेरुजु शुन्यमा झर्ने देखिन्छ ।

बेरुजु बजेट सहितको समचारका लागि प्रतिक्षा गर्नुहोला

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस