जुम्लाको खलंगामा तीन दिने युवा सम्मेलन सुरु


जुम्ला – युवा लक्षित नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता भन्ने मुल नारासहित जुम्लामा युवा सम्मेलन (भेला) सुरु भएको छ । प्लान नेपाल, पेस नेपाल, जुम्ला, क्याड जुम्ला र सामाजिक विकास कार्यालय जुम्लाको समन्वयमा युवा सम्मेलन गरिएको हो ।
जेठ १७ गतेसम्म सञ्चालन हुने युवा सम्मेलनमा नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता बढाउने उद्देश्यले सम्मेलन सञ्चालन गरिएको पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले बताए । उनले भने, अहिले धेरैजसो युवा रोजगारका लागि विदेशिने बढ्दो छ । युवालाई सक्षम उद्यमी बनाए स्वदेश स्थानीय तहमा स्वरोजगार बनाउन खोजिएको ह
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले पछिल्लो समयमा युवा जगत समस्या ग्रस्त देखिएको छ । उनले भने, युवा उत्प्रेरित उद्यमशिलताका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको छ ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले समाज परिर्वतनमा युवाको भुमिका महत्वपूर्ण रहेको बताए । उनले भने देश विकासमा युवा वर्ग जुट्न आवश्यकता रहेको छ । स्देशमा केही छैन र केही गर्न सकिदैन भन्ने मानसिकता युवाले परिवर्तन गर्न आवश्यक रहेको छ । युवालाई उत्प्रेरित गर्ने यस्ता किसिमका कार्यक्रमले सक्षम बनाउने र स्देशमै उद्यमशिलता सिर्जना गर्न टेवा पुग्दछ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस