जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाका प्राविधिक शाखा प्रमुख ईन्जिनियरमाथि हातपात भएको छ । प्रक्रिया पुरा नगरी भुक्तानी दिन दबाद दिदैँ गाउँपालिका अध्यक्षको कार्यकक्षमै बुधबार दिउँसो ४ बजे पातारासीकै यूवाले ईन्जिनियरमाथि हातपात तथा मानमर्दन हुनेगरी अपशब्द प्रयोग गरेका हुन् ।
प्राविधिक शाखा प्रमुख ईन्जिनियर नविन शाही माथि पातारासी गाउँपालिका वडा नं. ६ उर्थु निवासी विष्णु विष्टले हातपात गरेका हुन ।
कार्यकक्षमै ईन्जिनियर कुटिएपछि पातारासीका प्रमुख प्रशासकिय अधिकृत सहित सम्पुर्ण कर्मचारीले संयुक्त विज्ञप्ती जारी गर्दै दोषीमाथि कानुनी तथा न्यायीक उपचार नहुँदा सम्म संविधान र स्थानीय सरकार संचालन ऐनले निर्दष्ट गरेको जिम्मेवारी निर्वाह गर्न नसकिने बताएका छन् । भयावह वाताबरणमा काम गर्न नसकिने भन्दै कानुनी उपचार नभई काम नगर्ने अडानमा कर्मचारीहरु छन् ।
प्रशासकिय अधिकृत सहित १४ जना कर्मचारीद्धारा हस्ताक्षेरित विज्ञप्तीमा भनिएको छ,‘मिति २०८१।०२।१६ गते दिउँसो ४ बजे पातारासी गॉउँपालिकाको अध्यक्ष ज्यूको कार्यकक्षमा प्राविधिक शाखा प्रमुख माथि विभिन्न प्रकृया पुरा नगरी भुक्तानी दिन दवाब दिदै हातपात तथा कर्मचारीको मानमर्दन हुने गरी विभिन्न अपशब्द प्रयोग समेत गरेको हुँदा यस पातारासी गाँपालिकामा स्वच्छ कानुन सम्वत कार्यसम्पादन गर्न नसकिने र अत्यन्तै भयाभहक वातावरण सिर्जना भएको छ ।
त्यसैले यसको कानूनी तथा न्यायिक उपचार नहुँदा सम्मका लागि नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्दष्ट गरेको जिम्मेवारी निर्वाह गर्न नसकिने व्यहोरा हामी सम्पूर्ण कर्मचारीहरु यसै विज्ञप्ति मार्फत जानकारी गराउदछौं । यस कार्यबाट सार्वजनिक सेवा प्रवहमा पर्न गएको असरप्रति आम पातारासि बासि माझ क्षमा प्रार्थि छौं ।’
प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर रावलले अध्यक्ष ज्युको कार्यकक्षमै भनाभन भएको बताए । ठेकेदार विष्णु विष्टले पटक पटक आउने कर्मचारी धम्क्याउने गरेको र आज कार्यकक्षमै पुगेर अपशब्द बोल्नुका साथै धकेलमकल भएपछि कमम गर्ने बाताबरण नबनेको प्रशासकीय अधिकृत रावलले कर्णाली मिसनलाई जानकारी दिए ।
उनले भने,‘सडक योजनाको भुक्तानी हो । ठेकेदार प्रक्रिया पुरा नगरी आएको हुन् । ईन्जिनियरले उठाएको विल भन्दा बढी भुक्तानी पाउनु पर्ने ठेकेदारको दाबी छ । काम गर्ने वाताबरण नभएपछि विज्ञप्ती जारी गरेका हौ । भोली दुबै पक्ष बस्छौ । सक्भर सहमती गर्छौ । असारको बेला छ । जनताले दुःख नपाउन भन्ने अपेक्षा छ । बाँकी भोली थाहा हुन्छ ।’
यता यो विषयमा पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायालाई बुझ्दा सामान्य विवाद मात्रै भएको विषयलाई ठुलो बनाइएको बताईन् । उनले भनिन,‘घटनाको प्रत्यक्षदर्शीनै म छु । अध्यक्ष ज्युको कार्यकक्षमा सामान्य विवाद भएको हो । दुबै पक्षले अपशब्द बोलेका छन् । पछि ईन्जिनियरका साथी आएर विष्णु विष्टमाथि हातपात भएको छ । कार्यालयमा हातपात भए नभएको बारे भोली सिसि टिभि फुटेज पनि हेर्न सकिन्छ । पक्ष विपक्ष गर्नुभन्दा भन्दा सत्य के हो भोली छलफल हुन्छ ।’
विज्ञप्तीमा भनिए जस्तो विष्णु विष्टबाट ईन्जिनियर माथि हातपात नभएको दुबै पक्षको भनाभन भएको उपाध्यक्ष रोकायाको भनाई छ ।




