चौथो रारा ट्रेल सेन्टरको उपाधी राज्यलक्ष्मी र अक्कललाई

जुम्ला । चौथो रारा ट्रेल सेन्टरको उपाधी राज्यलक्ष्मी रावल र अंक्कल बडुवालले जितेका छन् । नेपालकै उत्कृष्ट पर्यटकिय गन्तव्य रारा तालको किनारमा आयोजित चौथो रारा ट्रेल सेन्टरको उपाधि महिलातर्फ जुम्लाकी राज्यलक्ष्मी रावल र पुरुष तर्फ मुगुका अक्कल बडुवालले जितेका हुन् ।

हनुमानध्वज गुल्मका अनुसार रारा ट्रेल रनमा महिला र पुरुष गरेर १ सय ९४ जनाले सहभागिता जनाएका थिए । प्रतियोगितामा सहभागी अन्य धावकलाई पछि पार्दै मुगु छायानाथ रारा नगरपालिका–१४ का अक्कल बडुवाल पुरुष तर्फ प्रथम बनेका हुन् । ३४ जना महिला धावकहरुलाई पछि पार्दै गुठिचौर गाउँपालिका– ३ गज्याङ्गकोट गाउँकी राज्यलक्ष्मी रावल प्रथम भईन् ।

त्यस्तै पुरुष तर्फ कनकासुन्दरी गाउँपालिका –३ का शेरबहादुर बुढा दोस्रो,कनकासुन्दरी –२ जुम्लाकै चन्द्र रावत तेस्रो भएका छन् ।

भने महिलातर्फ जुम्ला पातारासी गाउँपालिका– २ पेरेकी कल्पना बुढा दोस्रो र जुम्लाकै समिता बुढा तेस्रो भएकी छन् । .

प्रतियोगितामा प्रथम,द्वितीय र तृतिय हुने खेलाडीलाई जनही क्रमशः ५० हजार,४० हजार,३० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाण पत्र वितरण गरिएको छ । रारा तालको पर्यटन प्रर्बद्धनका लागि नेपाली सेनाले विगत चार वर्षदेखि उक्त खेलको आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस