जुम्ला । जुम्लाको धार्मिक पर्यटकिय गन्तव्य ठाकुरज्युको प्रर्बद्धनका लागि यहाँको गुठिचौर गाउँपालिकाले पूर्वाधार विकासलाई अघि बढाएको छ । मुख्यतया सहज बाटो नहुँदा आउजाउमा सास्ती खेप्दै आएका आन्तरिक धार्मिक पर्यटकको समस्यालाई मध्यनजर गर्दै ठाकुर जाने सडक पूर्वाधार निर्माणलाई गुठिचौरले अघि बढाएको हो ।
कर्णालीका बढीमालिका,छायाँनाथ,ऋणमोक्ष,तिहारा,विष्टज्यु जस्तै ‘ठाकुरज्यु’ पनि एक महोत्वपूण तिर्थ स्थल हो । जहाँ साउन पूर्णिमाको समयमा हजारौको संख्यामा ठाकुरज्यु पुग्छन् । बुढादेखि बाला सम्म पुग्ने ठाकुर ज्युमा बस्ने राम्रो धर्मशाला,जाने सडक बाटो नहुँदा निकै सास्ती हुने गरेको छ ।
विशेषगरी ठाकुरज्युको प्रर्बद्धन र गुठिचौरका स्थानीयलाई त्यहाँसम्म पुग्न सहज होस भन्नका लागि सडक निर्माण कार्यको थालनी गरिएको गुठिचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढाले बताए । उनले भने,‘पर्यटन क्षेत्र आर्थिक समृद्धी रोजगारी सृजनाका मुख्य आधार हुन् । पालिकाले गुठिचौर उपत्यका,ठाकुरज्यु लगायतका क्षेत्रको प्रर्बद्धनमा लगानी बढाउने सोचमा छौ । सिमित स्रोतका कारण अत्याआबश्यक क्षेत्रमा बजेट छुटाउँँदा पर्यटन क्षेत्रको अपेक्षित विकास हुन सकेको छैन् ।’
गुठिचौरको लाग्न हुदैँ ठाकुरज्यु जोड्ने सडकको गत साता अध्यक्ष दान बुढा र उपाध्यक्ष शान्ति मल्ल भण्डारीले संयुक्त शिलान्यास समेत गरेका छन् । कामको गुणस्तर,समयमै काम सक्नका लागि नियमित अनुगमन तथा निरिक्षणको कामलाई जोड दिईने उपाध्यक्ष शान्ति मल्ल भण्डारीले बताए । उनका अनुसार संघ प्रदेशसंग गुठिचौरको पर्यटन प्रर्बद्धनका लागि बजेट माग गरिने छ ।
यता प्रमुख प्रशासकिय ध्रुर्वराज गिरीका अनुसार गुठिचौरको लाग्ना हुदैँ ठाकुरज्यु जोड्ने सडक कुल २८ लाख ४० हजार ४७७ रुपैया लगानीमा निर्माण हुने छ । उनले उक्त सडक निर्माणपछि ठाकुरज्यु प्रर्बद्धनमा ईटा थपिने विश्वास व्यक्त गरे ।
भने सडक निर्माणको ठेक्का (के एण्ड पी निर्माण सेवा त्रिपुरासुन्दरी ७ डोल्पा)ले पाएको छ । कुल एक करोडको ठेक्का आह्वान भएपनि अघिघटाउमा निर्माण व्यवसायीसंग २८ लाख ४० हजार ६७७ रुपैयामा ठेक्का सम्झौता भएको गुठिचौरका प्राविधिक शाखा प्रमुख मीन बहादुर भण्डारीले बताए । उनका अनुसार लाग्नादेखि ठाकुरज्यु सम्म पहिलोचरणमा तीन हजार पाँच सय मिटर निर्माण हुने भएको छ । पहिलो वर्ष ट्रयाक खोल्ने र आगामी वर्षमा स्तरबृद्धि गरेर ठाकुरज्यु सम्मको यात्रालाई सहज बनाउने पालिकाको लक्ष्य रहेको भण्डारीले उल्लेख गरे ।
संघियतापछि स्थानीय सरकार पर्यटन प्रर्बद्धनका क्षेत्रमा अपेक्षित लगानी गर्न सकेका छैनन् । आन्तरिक आम्दानी बृद्धि,रोजगारी सृजनाको मुख्य आधार पर्यटन भएपनि प्रर्बद्धनमा स्थानीयतहको ध्यान पुगेको छैन् ।
एकातिर गाउँबस्तीबाट शिक्षा,स्वास्थ्य,खानेपानी,सिँचाई, सडकका योजना बढी माग हुने,अर्कोतिर कार्यपालिकाले आबश्यकतामा आधारित भन्दा पनि भागभण्डामा आधारित बजेट छुटाउने भएकोले पर्यटन क्षेत्र प्रथामिकतामा पर्न सकेको छैन् ।
तर जुम्लाको तातोपानी गाउँपालिकाले भने गुमनाम गिदिहलाई भने प्रर्बद्धन गर्न विभिन्न प्रयास गर्दै आएको छ । प्रर्बद्धनका गिडिदहमै सम्मेलनदेखि,दहको नाँपजाँच सार्वजानिक,पदमार्ग निर्माण लगायतका काम गरेको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले बताए । उनले गिडिदह,तातोपानी धाराको प्रर्बद्धनलाई प्रथामिकता दिएको उल्लेख गरे ।



