जुम्ला- हाम्रो भुमि, हाम्रो भविश्य भन्ने मुल नारासहित विश्व वातावरण दिवसको अवसरमा तातोपानी गाउँपालिका – १ देखि ६ वडामा रहेका सामुदायिक वन समितिका पदाधिकारीलाई अभिमुखिकरण गरिएको छ ।
डिभिजन वन कार्यालय जुम्ला, भु तथा जलाधार व्यवस्थापन कार्यालय जुम्ला, किर्डाक नेपाल, पेस नेपाल जुम्ला, तातोपानी गाउँपालिका जुम्ला र सामुदायिक वन उपभोक्ता महासंघ जुम्लाको समन्वयमा सामुदायिक वनका पदाधिकारीलाई अभिमुखिकरण गरिएको हो।

अभिमुखिकरणको सहजीकरण डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बहादुर बुढ्थापा र सामुदायिक वन उपभोक्ता महासंघ जुम्लाका अध्यक्ष गोकर्ण चौलागाईले गरेका हुन् ।
सामुदायिक वन व्यवस्थापनका चुनौती र उपलव्धीका विषयमा अभिमुखिकरण गरिएको सामुदायिक वन उपभोक्ता महासंघ जुम्लाका अध्यक्ष चौलागाईले बताए । उनले भने सामुदायिक वन समितिको काम कर्तव्य, अधिकार र कार्यायोजनाको विषयमा छलफल भएको हो ।

यस्तै अभिमुखिकरण कार्यक्रममा सामुदायिक वन समिति र स्थानीय तह बीचको भुमिकाको विषयमा पनि छलफल भएको उनले बताए । सामुदायिक नविकरण तथा प्यान दर्ताका विषयमा पदाधिकारीलाई जानकारी गएको उनले भने ।



