विश्व वातावरण दिवस: हिमा गाउँपालिकामा वृक्षाराेपण

जुम्ला । जुम्लामा पनि विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरि मनाईएकाे छ । ‘हाम्राे भुमि,हाम्राे भविष्य’ नारा सहित जुम्लाका आठ पालिका,गैससले वृक्षाराेपण,र्याली,अन्तरक्रिया लगायतका कार्यक्रम गरि दिवस मनाईएकाे छ ।

यसैबीच जुम्लाकाे हिमा गाउँपालिकाले वृक्षाराेपण गरि दिवस मनाएकाे छ । ग्रिन रिभर,ग्रिन राेडकाे अभियान चलाएकाे हिमाले वातावरण जाेगाउन वृक्षाराेपण गरेकाे हाे ।

हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीकाे अगुवाईमा वडा नं ६ पाथरखाेला स्थित खापरामाडु आर्फ सामुदायिक बनमा वृक्षाराेपण गरिएकाे हिमा सुस्वा परियाेजनाका वास संयाेजक सुमिता शाहीले बताईन् ।।

उनका अनुसार गाउँपालिका र सुस्वा परियाेजनाकाे सहयाेग तथा सम्पुर्ण जनप्रनितिधि,कर्मचारीकाे सहभागितामा वृक्षाराेपण सम्पन्न भएकाे छ । सल्लाह,दियार लगायतका बिरुवा राेपिएका छन् ।

विभिन्न प्राकृतिक विपदबाट हिमालाई बचाउन वातावरण संरक्षणका कार्यक्रममा जाेड दिईएकाे हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए ।

उनले भने,’हामी सुरुवातदेखिनै वातावरण संरक्षणमा संवेदनशिल छाै । ग्रिन रिभर,ग्रिन राेड अभियानकाे लक्ष्यनै वातावरण संरक्षण गर्नु हाे ।’
सुस्वा परियाेजनाले हिमाकाे खानेपानी विकास,महिनावारी स्वछता,सरसफाई लगायतका क्षेत्रमा उल्लेखीय काम गरेकाे छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस