कर्णाली बोडिङ स्कूलका ९० जना विद्यार्थी दिक्षित

जुम्ला – जेआर कर्णाली बोडिङ स्कूलको दिक्षान्त समारोह सम्पन्न भएको छ । कर्णाली बोडिङ स्कूलमा अध्ययनरत ९० जना बालबालिका दिक्षित भएका हुन् ।
यूकेजीबाट एक कक्षामा जाने (पास भएका) बालबालिकालाई दिक्षित गरिएको कर्णाली बोडिङ स्कूलका सहायक प्रधानाध्यापक अमरनाथ योगीले बताए । उनले भने बालबालिकाको अध्ययनमा हौसला बढाउने र उप्रेरण हुने उद्देश्यले दिक्षान्त समारोहको कार्यक्रम गरिएको हो । यो कार्यक्रम निरन्तर गरिने छ । शैक्षिक सत्र हरेक वर्षको एक पटक दिक्षान्त सरामोह कार्यक्रम गरिने छ ।


विशेषगरी क्याम्पस स्तरको व्याचुलर मास्टर डिग्री तहमा दिक्षान्त समारोह गर्ने प्राय चलन जस्तो थियो । तर कर्णाली बोडिङ स्कूलले प्रावि तहमा (यूकेजी–एक कक्षा) पनि बालबालिकाले दिक्षित हुन पाउनु राम्रो पक्ष रहेको चन्दननाथ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईले बताए । उनले भने कर्णाली बोडिङ स्कूलले अध्ययनका साथसाथै अतिरिक्त क्रियाकलापमा जोड दिदै आएको छ ।


चन्दननाथ नगरपालिका उपमेयर रामदेवि खड्काले यस्ता दिक्षान्त कार्यक्रमले बालबालिकाको अध्ययनप्रति रुचि बढ्ने बताइन् । उनले भनिन् यस्ता अतिरिक्त कामले बालबालिकाको अध्ययनमा नयाँ वातावरण सिर्जना हुने गर्दछ । यो राम्रो काम हुो ।
कर्णाली बोडिङ स्कूलमा प्लेगुरुपदेखि ८ कक्षा अध्ययन भई रहेको छ । विद्यालयमा ७ सय बालबालिका अध्ययनरत रहेको कर्णाली बोडिङ स्कूल जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस