विपद पूर्वतयारीमा जुट्याे ताताेपानी, यस्ता छन् ६ निर्णय

जुम्ला । नेपाल यश वर्ष तीन अघिनै मनसुन भित्रिएकाे छ । विगतकाे तुलनामा यश वर्ष मनसुन लामाे समय सम्म कायम रहने र लाखाै नागरिक प्रभावित हुने अनुमान छ ।

गृहमन्त्रालयकाे अनुमान अनुसार यश वर्षकाे मनसुनबाट १८ लाख प्रभावित हुने छन् । जसका लागि समयमै राहत उद्दार तथा पुर्नस्थापनाका लागि तयारीमा जुट्न ७७ जिल्लामा परिपत्र भईसकेकाे छ ।

नेपालमा मनसुन साेमबारदेखि भित्रिएकाे छ । पूर्वबाट भित्रिएकाे मनसुन कर्णालीमा केही दिनमा प्रवेश गर्ने माैसम पूर्वाअनुमान महाशाखाले जनाएकाे छ ।

तर जुम्लाकाे ताताेपानी गाउँपालिकाले मनसुन भित्रिनु भन्दा पहिलेनै विपद् बाट नागरिक बचाउने र राहत उद्दारकाे कामलाई चुस्त बनाउने तयारी थालेकाे छ ।

जुम्लाका आठ पालिका मध्य विपद व्यवस्थापन तथा पूर्वतयारीमा ताताेपानी सक्रिय देखिएकाे छ । यसले पनि विपदबाट नागरिक जाेगाउन पालिका गम्भीर छ भन्ने पृष्टि गर्छ ।
भित्रिएकाे मनसुन र त्यसले गर्न सक्ने क्षतिलाई मध्यनजर गर्दै विपद् पूर्वतयारीलाई मजबुद बनाउन पालिकास्तरीय विपद व्यवस्थापन समितिकाे बैठक बसेर विभिन्न निर्णय गरिएकाे ताताेपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैलागाईले बताए ।

उनले भने,’ताताेपानी पनि बाढीकाे जाेखिममा छ । नागरिक जाेगाउनु हाम्राे दायित्व हाे । स्राेत साधन जनशक्तिले भ्याए सम्म हामी रातदिन खटिन तयार छाै । जनता पनि विपदमा समेत हुन जरुरी छ । कहाँ के भईरहेकाे छ सूचना दिएमा हामीलाई सहज हुने छ ।’

प्रमुख प्रशाकिय अधिकृत तीर्थ बहादुर कठायतले विपद पूर्वतयारीका लागि विभिन्न ६ वटा निर्णय भएकाे बताए । उनका अनुसार पालिका स्तरीय विपद् व्यवस्थापन समितिकाे आईतबार बसेकाे बैठकले सूचना प्रशारण गर्ने,ईन्धन,खाधन्न माैज्दात राख्ने देखि यूवा परिचालन गर्ने निर्णय गरेकाे हाे ।

विपद पुर्व तयारीमा भएका निर्णय यस्ता छन् ।
१, विपदबाट सजग रहन बिभिन्न माध्यमबाट सुचना प्रसारण गर्ने ।
२, विपदमा युवा परिचालनका लागी सबै वडामा समुह गठन गर्नलाई बिरेन्द्र शाहीलाई जिम्मा दिने ।
३, विपद्का लागी २०० क्वीन्टल खाधान्न का लागी खाध्य संस्थान मा अनुरोध गरि गाउँपालिका ले खरिद गरेर मौज्दात राख्ने ।
४, तत्काल सुचना पाउनलाई सरोकारवालाको हटसेफ ग्रुप बनाउने ।
५, विपद् लाई लक्षित गरी लागी ४४० लिटर ईन्धन मौज्दात र आवश्यक अत्यावश्यक सामान हालकै मुल्यमा उपलब्ध गराउने गरि गांउपालिका ले कारोबार गरि राखेका व्यापारीलाई राख्न लगाउने ।
६ ,विपद पुर्व तयारीमा आवश्यक सामाग्री तीन वटा प्रहरी चौकी लिताकोट ,लाम्रा , टोफ्ला र वडा नं ७ कयरकोटमा राख्न लगाउने ।

प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस