जुम्ला । ताताेपानी गाउँपालिका आगामी आवकाे नीति तथा कार्यक्रम र बजेट तर्जुकाे तयारीमा जुटेकाे छ । आगामी आव २०८१।०८२ को निति तथा कार्यक्रम र बजेट निर्माणकाे तयारीमा जुटेकाे हाे ।
यसै क्रममा ताताेपानीले नीति,कार्यक्रम तथा बजेटलाई प्रभावकारी र कार्यान्वयनमुखी बनाउन सुझाव मागेकाे छ । बुधाबार सूचना जारी गर्दै ताताेपानीबासीलाई आबश्यक रचनात्मक सुझाव दिन अपिल गरेकाे छ ।
आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न उपयुक्त हुने बिषयहरुमा अमुल्य सुझावहरु दिन अनुराेध गरिएकाे प्रमुख प्रशासकिय अधिकृत तीर्थ बहादुर कठायतले बताए । उनका अनुसार आगामी अषाढ ५ गते भित्र यस गाउँपालिकाकाे ईमेल ठेगानामा सुझाव पठाउन सूचना गरिएकाे हाे ।
पालिका स्थित विभिन्न संघ सस्था, शिक्षक, बुद्धिजिवी, विज्ञ, राजनैतिक दल, ब्यवसायी, समाजसेवी, पेशाकर्मी, जनप्रतिनिधी, कर्मचारी, संचारजगत, नागरिक समाज, जेष्ठ नागरिक, अपाङ्ग, दलित, महिला, बालबालिका, पिछडिएका वर्ग तथा आम नागरिकहरुबाट आबश्यक सुझाव दिन आग्रह गरिएकाे छ ।
बजेटलाई मध्यनजर गरि कार्यान्वयनमुखी नीति तथा कार्यक्रम बनाउने तयारी गरिएकाे ताताेपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईले बताए । उनले भने,’धेरै महत्वकाँक्षी याेजना बनाएर कार्यान्वयन नगर्ने भन्दा पनि निश्चित नीति बनाउने तर पुर्ण कार्यान्वयन गर्ने पक्षमा हामी छाै ।’
सुझाव पालिकाकाे ईमेल (ito.tatopanimun@gmail.com) मा पठाउन र प्रत्यक्ष उपस्थित भएर पनि उपलब्ध गराउन सकिने छ ।



