कालिका मावि बड्कीमा विज्ञान प्रयोगशाला स्थापना (भिडियो सहित)

मोडेल कक्षा कोठा अनुगमन

जुम्ला – हिमा गाउँपालिका – १ बड्की गाउँस्थित कालिका माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला ल्याव स्थापना गरिएको छ । गाउँपालिकाको समन्वयमा प्लान नेपाल र पेस नेपाल जुम्लाको सहयोगमा विज्ञान प्रयोगशाला ल्याव स्थापना गरिएको हो ।
प्लान नेपाल र पेस नेपालको साँझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्र्तगत करिव पाँच लाख रकम बराबरको विज्ञान प्रयोगशाला ल्यावका सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

पेस नेपाल जुम्लाका कार्यकारी निर्देशिक किशोर न्यौपानेका अनुसार विद्यालय र गाउँपालिकाको विज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण गरिएको हो । विज्ञान प्रयोगशाला ल्याव स्थापना पश्चात बालबालिकाको शिक्षामा गुणस्तर सुधार होस भन्ने उद्देश्य राखिएको छ ।

विद्यार्थीको शिक्षामा सुधार ल्याउनका लागि विद्यालयमा विज्ञान प्रयोगशालाको सामग्री व्यवस्थापन गरिएको हो । यही सामग्री प्रयोगमा ल्याएर शिक्षण सिकाईमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

गाउँपालिका महासंघका उपाध्यक्ष तथा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीका अनुसार स्थानीय सरकार र विकास साँझेदार संस्थाको समन्वय सहकार्यमा शिक्षा क्षेत्रमा काम गर्दै आएका छौँ ।

उनले भने विद्यालयको भवन निर्माणदेखि शौचालय, खानेपानीका धारा, विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । विज्ञान प्रयोगशाला सामग्रीले विद्यार्थीको शिक्षण सिकाईमा सुधार ल्याउने छ । यिनै सामग्रीको विद्यार्थीले भरपुर प्रयोगमा ल्याएर शिक्षण सिकाई सहज हुने र शिक्षामा पनि सुधार आउने छ ।
मोडेल कक्षा कोठा अनुगमन

पेस नेपालले प्लान इन्टरनेशनलको आर्थिक सहयोग र पालिकाको समन्वयमा संचालित सशक्त बालबालिका परियोजना अन्र्तगत सोही विद्यालयमा १ र २ मोडेल कक्षाकोठा व्यवस्थापन गरेको छ ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहितको टोलीले बुधबार कालिका माध्यामिक विद्यालयमा व्यवस्थापन गरिएको मोडेल कक्षाकोठाको पनि अनुगमन गरेको छ । इसिडि शिक्षिका सरिता योगीका अनुसार कक्षाकोठा व्यवस्थापनले बालबालिकाको पठनपाठनमा सहज भएको छ । उनले भनिभनिन,मोडेलहरु कक्षा कोठा व्यवस्थापनले बालबालिका नियमित विद्यालय आउनुका साथै विद्यार्थीको संख्या पनि बृद्धि भएको छ ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस