हिमा-१ बालविवाह मुक्त र शतप्रतिशत विद्यार्थी भर्ना वडा घाेषणा

जुम्ला । हिमा गाउँपालिका वडा नं. १ बालविवाह मुक्त घाेषणादेखि सत प्रतिशत विद्यार्थी विद्यालय भर्ना वडा घाेषणा भएकाे छ । जिल्लाकै तेस्राे वडाका रुपमा हिमा वडा नं १ लाई बालविवाह मुक्त घाेषणा गरिएकाे हाे । भने यसैगरी विद्यालय उमेर समुहका सबै बालबालिका विद्यालयकाे पहुँचमा पुगेकाे सुनिश्चित भएपछि शत प्रतिशत विद्यार्थी भर्ना वडाका रुपमा समेत घाेषणा गरिएकाे छ ।

शनिवार आयाेजितक एक विशेष समाराेहका बीच गाउँपालिका राष्टि्य महासंघका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बालविवाहमुक्त र शतप्रतिशत विद्यार्थी भर्ना वडा घाेषणा गरेका हुन् । सरकारले सन् २०३० सम्म नेपाललाई बालविवाह मुक्त मुलुक घाेषणा गर्ने लक्ष्य लिएकाे छ । साेहि लक्ष्यनुसार हिमाकाे निन्तर प्रयास र प्लानकाे सहयाेगमा क्याड नेपाल र पेश नेपालकाे प्राविधिक सहयाेगमा हिमा – १ पालिकाकै पहिलाे बालविवाहमुक्त वडा घाेषणा गरिएकाे हाे ।

उक्त वडामा परिवर्तनका संवाहक किशाेरीकाे सक्रियताले “विहेबारी,२० वर्ष पारी” भन्ने नारालाई सार्थक बनाउन हिमा-१ सफल भएकाे छ । बालविवाहकै कारण कर्णालीका किशाेरी शिक्षा,स्वास्थ्य राेजगारकाे अबसरबाट मात्र बन्चित भएका छैनन् । पाठेघर खस्ने,सामाजिक रुपमा अपहेलित हुनु पर्ने,कूपाेषणकाे सिकार हुनु पर्ने,नेतृत्व विकासमा बाधा जस्ता समस्याबाट ग्रसित छन् । २० वर्षमुनि विवाह गर्ने दर शुन्यमा झरेसंगै नागरिकमा चेतनाकाे बृद्दि भएपछि बालविवाह मुक्त वडा घाेणा गरिएकाे छ ।

संविधानमा माध्यमिक तह सम्मकाे शिक्षालाई निशुल्क र अनिवार्य गरिएकाे छ । तर चेतनाकाे कमी,आर्थिक अबस्था कमजाेरीले धेरै बालबालिका आधारभुत तहकै शिक्षाबाट बन्चित छन् ।पछिल्ला वर्षमा हिमाले शिक्षामा जाेड दिनुका साथै पेश र क्याडले विभिन्न शैक्षिक कार्यक्रम संचालन गरेसंगै हिमाका बालबालिकाकाे विद्यालयमा पहुँचबृद्दि भएकाे छ । विद्यालय उमेर समुहका (५-१६) वर्षका सबै बालबालिका विद्यालयकाे पहुँचमा पुगेकाे,सुनिश्चित भएपछि हिमा-१ लाई पालिकाकै पहिलाे शत प्रतिशत विद्यार्थी भर्ना वडा घाेषणा गरिएकाे हाे ।

हिमा गाउँपालिकाले अध्यक्ष लक्ष्मण बहादुर शाहीले सामाजिक विकास बिना भाैतिक विकासकाे अर्थ नरहेकाे बताए । उनले भने,’बालविवाह अन्त्य हुनु भनेकाे समाज सुदृढ हुनु हाे । बालबालिकाकाे भविष्य समृद्द हुनु हाे । समाज रुपान्तरणकाे पनि संकेत हाे । अब हिमा-१ मा मात्रै हैन पालिकाभरीनै बालविवाह हुने छैन् । यदपी,घाेषणाकाे अवज्ञा गर्नेलाई कानुननुसार कारबाहि गर्ने छाै ।’अध्यक्ष शाहीले बालविवाहमुक्त वडादेखि जलवायु परिवर्तन,खानेपानी,किशाेरी सशक्तिकरण लगायतका क्षत्रमा अतुलनिय सहयाेग गर्ने पेश नेपाल र क्याड नेपाललाई धन्यबाद दिए ।

सानैमा विहे गरेका कारण शिक्षा,राेजगार,स्वास्थ्यमा परेकाे प्रतिकुल असरले गाउँघरमा महिलाहरु पिडित हुँदै गएका छन् । शिक्षा स्वास्थ्य राेजगारीकाे अबसरबाट काेहि बालबालिका बन्चित नहुने भन्ने मनसायले हिमा-१ बाट बालविवाह मुक्त वडा घाेषणा गरिएकाे हाे ।याे सुरुवात मात्रै पाँच वर्षभित्र हिमालाई बालविवाह,बालश्रममुक्त पालिका घाेषणा देखि शिक्षा,स्वास्थ्य क्षेत्रका आमूल परिवर्तन हुनेगरी काम गर्ने उल्लेख गरे । अध्यक्ष शाहीले हिमाकाे प्रथामिकतामा शिक्षा क्षेत्र भएकाेले सबै बालबालिलाई विद्यालयकाे पहुँचमा ल्याउन र सामुदायिक विद्यालय सुधारमा नीति निर्माण र लगानीमा कुनै कन्जुसाई नहुने उल्लेख गरे ।

जिल्ला समन्वय समितिका सदस्य नरविर सुनारले सामाजिक विकासमा हिमाले लिएकाे गति अनुसरण याेग्य रहेकाे बताए । बालविवाह मुक्त वडा घाेषणा प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जाेड दिए । हिमा गाउँपालिका उपाध्यक्ष सुर्पना शाहीले बालविवाहकाे अप्रत्यक्ष असर महिलालाई बढी पर्ने,अबसरबाट बन्चित हुने भएकाेले बालविवाहमुक्त वडा घाेषणा एतिहासिक भएकाे बताईन् । बालविवाह कानुनी अपराध हाे भन्ने जनचेतना गाउँगाउँ सम्म पुराउन,विपन्न महिला,किशाेरीलाई उमधशीलता,उत्पादनसंग जाेड्ने खालका नीति निर्माणमा जाेड दिने उल्लेख गरिन् ।

हिमा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रण बहादुर बुढाले हिमाले सामाजिक रुपान्तरण सवालमा अब्बल बन्दै गएकाे बताए । अब अन्य वडाहरुलाई पनि बालविवाह मुक्त बनाउन नीतिगत पहल गर्ने उल्लेख गरे । हिमा-१ का वडाध्यक्ष रतन बहादुर शाहीले सबैकाे अनवरत प्रयासबाट हिमाकाे पहिलाे वडाका रुपमा बालविवाहमुक्त देखि सत प्रतिशत विद्यार्थी भर्ना वडा घाेषणा गर्न सफल भएकाे बताए । आगामी दिनमा अन्य कुरिति न्युनिकरण,विकास,सेवा प्रवाह र वडा सरकारकाे महसुश हुने गरि काम गर्ने प्रतिबद्दता गरे ।

बालविवाह मुुक्त घाेषणा कार्यान्वयनमा साथ दिन समेत वडाध्यक्ष शााहीले अपिल गरेका छन् । प्लान नेपालकी प्रतिनिधि हरिकला लम्सालले बालविवाहमुक्त घाेषणा घाेषाणामै सिमित नभई कार्यान्वयनमा उतिकै जाेड दिनु पर्ने बताईन् । बालबालिकाकाेसुन्दर भविष्यका लागि प्लान नेपालले पेश र क्याड नेपाल संगकाे समन्वयमा विभिन्न काम गरिरहेकाे उल्लेख गरिन् । घाेषणाकाे उत्साह निरन्तर हुनु पर्नेमा जाेड दिईन् ।

गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकिय अधिकृत डिएसपी,वडाध्यक्षहरु, स्थानीयबासी,शिक्षक,राजनीतिक दल,यूवा,महिलाले बालविवाहमुक्त वडा घाेषणा र सत प्रतिशत विद्यार्थी भर्ना घाेषणा पत्रमा हस्ताक्षर गरि बालविवाह नगर्ने नगराउने भन्दै साझा प्रतिवद्दता जनाएका छन् ।

कार्यक्रममा बाेल्ने वडाध्यक्ष,नागरिक अगुवा,शिक्षक,लगायतका वक्ताले बालविवाह मुक्त र सत प्रतिशत विद्यार्थी भर्ना घाेषणा कार्यक्रमकाे पूर्ण कार्यान्वयनमा पालिकाले ध्यानदिनु पर्नेमा जाेड दिएका छन् । घाेषणाले मात्रै समाज रुपान्तरण नहुने भन्दै दलित,विपन्न परिवारमा बालविवाह कायमै रहेकाेले उनिहरूलाई उत्पादनसंग जाेड्ने खालका कार्यक्रम ल्याउनु पर्ने बताएका हुन् ।

प्रकाशित मिति : २०८१ असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस