जुम्ला । कर्णाली प्रदेश सरकारले जुम्लाका आठ स्थाीयतहलाई ३३ करोडबढी अनुदान प्राप्त भएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि अन्तसरकारी वित्तिय हस्तान्तरण अन्तरर्गत प्रदेशले जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिकालाई ३३ करोड करोड ५५ लाख ३४ हजार अनुदान हस्तान्तरण गरेको हो ।
कर्णाली प्रदेश सरकारले असार १ गते ३१ अर्ब ४१ करोडको बजेट ल्याउँदा जुम्लामा ३३ करोड अनुदान वित्तीय हस्तान्तरण गरेको छ । न्युनतम र सुत्रमा आधारित अनुदान (समानीकरण अनुदान),चालु र पुँजी (शर्सत अनुदान),विशेष अनुदान र समपुरक अनुदान गरी चार वटा शिर्षक मार्फत स्थानीयतहलाई वित्तिय हस्तान्तण गरेको हो ।
जसमा जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकाले चार वटै शिर्षक गरी चार करोड ७ लाख ४१ हजार अनुदान प्राप्त गरेको हो । भने, कनकासून्दरी गाउँपालिकामा ३ करोड ७३ लाख १३ हजार, गुठिचौर गाउँपालिकामा २ करोड ७७ लाख ४९ लाख रुपैया अनुदान आएको छ ।
त्यस्तै, तातोपानी गाउँपालिकामा ३ करोड ४० लाख ४५ लाख,तिला गाउँपालिकामा ४ करोड ५८ लाख १२ हजार,पातारासी गाउँपालिकामा ५ करोड ३ लाख ९७ हजार,सिंजा गाउँपालिकामा ५ करोड ८३ लाख ६८ हजार र हिमा गाउँपालिकामा ४ करोड ११ लाख ९ हजार रुपैया अनुदान प्राप्त गरेका छन् ।
संघ र प्रदेश सरकारबाट अनुदान प्राप्त गरेसंगै स्थानीयतह नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुटेका छन् । आन्तरिक आय स्रोतमा कमजोर स्थानीयतह संघ र प्रदेशको अनुदानका भरमा बजेट बनाउने गरेका छन् ।
स्थानीय सरकारले असार १० गते अनिवार्य रुपमा नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने प्रावधान छ । सोहीनुसार बजेटको तयारीमा जुटेको स्थानीयतहरुले जनाएका छन् ।
साथै जुम्लाका आठ पालिकामा संघिय सरकारबाट भने जुम्लामा दुई अर्ब ६६ करोड ६ लाख रुपैया अनुदान प्राप्त भएको छ ।



