गिडिदहमा धर्मशाला र शाैचालय निर्माण,पर्यटकलाई सहज हुने

जुम्ला । कर्णाली प्रदेशको नयाँ पर्यटकीय गन्तव्य गिडिदहको पर्यटन प्रर्बद्धनका तातोपानी गाउँपालिका निन्तर जुटेको छ । तातोपानी ४ मा स्थित गिडिदहको पूर्बद्धना लागि पूर्वाधार निर्माणदेखि प्रचार प्रशारमा जोड दिदै आएको छ ।

वर्षौदेखि गुमनाम पर्यटकीय क्षेत्र गिडिदहको प्रर्बद्धनका लागि गत वर्ष तातोपानी गाउँपालिकाको सरकारी टोली पुगेर गिडिदह सम्मेलन गरेको थियो ।

सम्मेलनपछि  गिडिदहको प्रर्बद्धनका लागि निरन्तर पहल गर्दै तातोपानीले गिडिदह सम्म पुने पदमार्ग निर्माण,सडक निर्माण तथा धर्मशाला निर्माण लगायतका पूर्वाधार निर्माणमा जोड दिएको छ ।

पूर्वाधार अभाव प्रचार प्रशारको अभावमा ओझेलमा परेको गिडिदहमा पछिल्लो समय आन्तरिक पर्यटकको भिड लाग्न थालेको हो । यूवा,कर्मचारीहरु लगायत अन्य स्थानीयहरु समुह बनाएर गिडिदह अवलोकन गर्न जान थालेका छन् ।

गिडिदहमा आन्तरिक पर्यटकको आर्कषण बढेपछि पालिकाको लगानीमा विभिन्न पूर्वाधार निर्माण भएका छन् । केहि समयअघि गिडिदह सम्म पुग्न बाटोनै थिएन् । पालिकाको लगानीमा हाल सम्म पदमार्ग निर्माण भई आवजावतमा सहज भएको छ ।

भने गिडिदहको छेउमा हाल धर्मशाला र मैत्रीपुर्ण शौचालय निर्माण गरिएको छ । यसअघि गएका पर्यटकहरु टेण्ड हालेर बस्नु पर्ने अबस्था थियो । वर्षात हुँदा निकै समस्या हुन्थ्यो । भने दिसा पिसाब गर्न पनि उस्तै मुस्किल थियो ।

उद्योग पर्यटन वन तथा वाताबरण मन्त्रालय कर्णाली प्रदेशकोको १० लाख र जनश्रमदान २ लाख गरी १२ लाख लगानीमा गिडिदह छेउमा धर्मशाला निर्माण भएको तातोपानी गाउँपालिका वडा नं. ४ का अध्यक्ष अम्मर बहादुर रोकायाले बताए । उनका अनुसार उक्त धर्मशालामा कम्तीमा पनि ३५ बस्न मिल्ने छ ।
तातोपानी ४ र डिभिजन बन कार्यालयको द्विपक्षीय सम्झौता अनुसार धर्मशाला, वातावरण मैत्री शौचालय र खानेपानी धारा समेत निर्माण गरिएको उनको भनाई छ ।

गिडिदह अवलोकन संगै निर्माण भएका पूर्वाधारको निरिक्षणको लागि वडा कार्यालयको अगुवाईमा गएको सरकारी टोली गिडिदह पुगेर फर्किएको छ ।

पहिलो पटक गिडिदह पुगेको तातोपानीका प्रमुख प्रशासकिय अधिकृत तीर्थ बहादुर कठायतले गिडिदह पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको र निकै रमणीय क्षेत्र रहेको बताए ।

उनले भने,‘गिडिदह तातोपानी मात्र नभई जुम्लाकै समृद्धीको आधार हो । यसको प्रचार प्रशार देखि पर्यटकको सहज आवागमन र बसाई व्यवस्थापनका लागि पूर्वाधार निर्माण सबैको पहल जरुरी देखिन्छ ।’

त्यसैगरी तातोपानीकै स्वाथ्य शाखा प्रमुख गुरु प्रसाद चौलागाँई दोस्रो पटक गिडिदह पुगेका छन् । पहिलो पटक जाँदा हिड्ने बाटोेदेखि बस्ने स्थानको सास्ती खेपेको अनुभव सुनाउदैँ दोस्रो पटक जाँदा हिड्ने बाटोदेखि बस्ने बास र शौचालय धाराको व्यवस्थापनले बसाई र घुमाई सहज भएको बताउँछन्।  

जिल्लाकै समृद्धीको लागि गिडिदहको प्रर्बद्धनमा एकजुट भएर लगानी जुटाउन र पूर्वाधार निर्माणमा हातेमालो गर्न जरुरी रहेको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईको भनाई छ ।

गिडिदह समुद्री सतहदेखी ३४८५ मिटर उचाईमा अबस्थित रहेको छ । भने दहको लम्बाई १५ सय १० मिटर,चौडाई ३१० मिटर र गहिराई ४२.८ मिटर रहेको छ ।
समग्र गिडिदह क्षेत्र २९.११ हेक्टर क्षेत्रफलमा फैलिएको छ । भने,राष्ट्यि महोत्व बोकेका १८ प्ररकारका चरा,७ वटा स्तनधारी जनावर,७४ वटा चराचुरुङ्गी रहेका छन् । गिडिदहको क्षेत्रफल केहि महिना अघि मात्र सार्वजानिक भएको हो ।

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस