कनकासुन्दरी-८ आधारभूत शिक्षा सुनिश्चित वडा घाेषणा

जुम्ला ।कनकासुन्दरी गाउँपालिका वडा नं. ८ आधारभूत शिक्षा सुनिश्चित वडा घाेषणा भएकाे छ । विद्यालय उमेर समुहका सबै बालबालिका विद्यालय भर्ना भएसंगै वडा नं ८ लाई अनिवार्य तथा नि:शुल्क आधारभूत शिक्षा सूनिश्चिता वडा घाेषणा गरिएकाे हाे ।

आईतबार एक समाराेहका बीच पाण्डवगुफा माविमा शतप्रतिशत बालबालिकाकाे भर्ना भएकाे भन्देै गाउँपालिका अध्यक्ष दामाेदर आर्चायले आधारभूत शिक्षा सुनिश्चित वडा घाेषणा गरे ।

विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयकाे पहुँचमा ल्याउन पालिका संगै प्लान नेपालकाे सहयाेगमा क्याड नेपालले विभिन्न कार्यक्रम गर्दै आएका थियाे । जसनुसार वडा नं ८ आधारभूत तहका विद्यालय उमेर समुहका करिब साढे तीन सय विद्यार्थी विद्यालय पहुँचमा पुगेका हुन् ।

नेपालकाे संविधान २्०७२ ले माध्यमिक तह सम्मकाे शिक्षा अनिवार्य र नि:शुल्ककाे व्यवस्था गरेकाे छ । सामुदायिक शिक्षामा आम नागरिककाे पहुँच बृद्दि अपेक्षाकृत रुपमा हुन सकेकाे छैन् । तथापी दुर्गम कनकासुन्दरीकाे वडा नं. ८ लाई पालिकाकाे समन्वय सहकार्य संगै क्याडकाे सक्रियताले शत प्रतिशत बालबालिका विद्यालय भर्ना भएका हुन् ।

कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामाेदर आर्चायले शैक्षिक सुधार तथा गुणस्तरीय शिक्षामा पालिकाकाे विशेष प्रथामिकता रहेकाे बताए ।

सामुदायिक विद्यालयकाे शिक्षासुधारमा पालिका एक्लैले चाहेर सम्भव नरहेकाेले अभिभावक शिक्षक विद्यार्थीकाे त्रिकाेणात्मक सम्बन्ध समधुर हुनु पर्ने उल्लेख गरे ।

पालिका अध्यक्ष आर्चायले सामुदायिक शिक्षा सुधार,बालविवाह न्युनिकरण लगायतका क्षेत्रमा उल्लेखीय काम गरेकाेमा क्याड नेपाललाई धन्यबाद दिए ।

त्यस्तै कनकासुन्दरी-८ का वडाध्यक्ष ले वडामा रहेका रोकायावाडा, पाउसेरवाडा, भण्डारीवाडा, भट्टवाडा, समालगाउँ र सनज्यालवाडा गाउँका सबै बालबालिका विद्यालय पहुँचमा पुगेकाे बताए । उनका अनुसार वडामा विद्यालय बाहिर कुनै बालबालिका छैनन् ।

घाेषणा गर्नु पहिले वडा र क्याडले सबै सुचककाे अनुगमन गरेकाे थियाे । सबै सुचक पूरा भएपछि आधारभुत तह शिक्षा,सुनिश्चितता वडा घाेषणा गरिएकाे हाे ।
घाेषणाकाे प्रभावकारी कार्यान्वयनमा कनकनसुन्दरीबासीले जाेड दिएका छन् ।

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस