पातारासी काँग्रेसमा धक्काः एकैसाथ ८४ जनाले परित्याग गरे सदस्यता (नामसहित)

जुम्ला । पातारासी गाउँपालिका वडा नं. ६ का ८४ जनाले नेपाली काँग्रेस पार्टी परित्याग गरेका छन् । पार्टीको साधारण सदस्य समेत नरहनेगरी पातारासी ६ घोडेसिनका ८४ जना स्थानीयले काँग्रेस पार्टी छोडेका हुन् ।

गत जेठ ३२ गते घोडेसिन निसावी पन्नी बहादुर बुढाको अध्यक्षमा बसेको बैठकले पातारासीमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु पार्टीको विधि विधान विपरित जनताको चाहाना भावना र आबश्यकता नबुझी मनपरी रुपमा अघि बढेको निष्कर्ष सहित काँग्रेस पार्टी परीत्याग गर्ने निर्णय गरेका हुन् ।

स्थानीय पन्ती रोकाया सहित ८४ जनाले हस्ताक्षर गरेर पार्टीको सादरण सदस्य पनि नरहनेगरी पार्टी परित्याग गरेका हुन् । जसमा पन्नी बहादुर बुढा,राम बहादुर बुढा र कृष्ण बहादुर बुढा नेपाली काँग्रेसको क्रियाशील सदस्य समेत हुन् । तीन क्रियाशील सदस्य सहित ८१ ज्ना साधारण सदस्यले पार्टी छोड्ने निर्णय गरेको स्थानीय पन्नी बहादुर बुढाले बताए ।

उनका अनुसार पार्टी परित्याग गरेको निर्णय जिल्ला कार्य समिति र पालिका कमिटीलाई समेत बुझाई सकिएको छ । भने पार्टी परित्याग गर्ने क्रम अझै बढीरहेको उनको भनाई छ ।

उनी भन्छन,‘पार्टीको विचार विधि सबै ठिक छ । तर केहि व्यक्तिको प्रबृत्तिले जनतामा निरासा छाएको छ । जसका कारण पार्टी छोड्न बाध्य भयौ । पार्टीबाट वितृष्णा जागेर आयो । अब छुटै एउटा समुह बनाउँछौ । जसले पातारासीको समृद्धीका लागि सधै पैरबी गर्ने छ ।’ साथै कुनै अन्य पार्टीमा पनि नजाने र तटस्थ भएर बस्ने समेत पन्नी रोकायाले कर्णाली मिसनलाई जानकारी दिए ।

गत जेठ ३२ गते गरेको निर्णय यस्तो छ

प्रस्तावनं माथी छलफल गर्दा पातारासी गाउँपालीकामा नेपाली कांग्रेस पार्टी को तर्फ बाट विजई गराउन यस्त छतं नडा बोडासीत गाउँ का युवा, महीला, वृद्ध हटुको ठुलो योगदान रहेको कुरा सर्व वित्तीते छ । तर हालका दिनहरूमा विई उमेदद्वारा झूले पार्टीको निर्देशन तथा जनताको मर्म र जनताको चाहाता, आवाश्यक्ता लाई नबुझी हिजो गरेको प्रतिवद्धता लाई विर्सी आर्थीक प्रत्लोवनमा परी पार्टीका निती मिच्दै हामी स्थानीयलाई भन्दा गैर स्थानीयलाई पालीकामा प्रवेश गराई हाम्रो प्रतीका र क्षमतालाई छायाँमा पारी हाम्रो अस्तीत्वलाई नवुझ्दै खाली भोर बैङ्क को रुपमा मात्रै प्रयोग गरेको आम भेलाबाट निष्कर्ष तीनलि हामी तपशीलका नेपाली गंग्रेसका सदस्य, क्रियाशील सदस्य आदी त्याग गर्दै आजका दीनवाट स्वतन्त्र भएको पार्टी गर्यालयालाई जानकारी गराउदै अर्व सहमत यो निर्णय पारीत गरीयो ।

पाटी परित्याग गर्नेहरुको सूचि

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस