औद्योगिक ग्राम संचालन गर्न जिल्लाव्यापी बहस

जुम्ला । तातोपानी गाउँपालिका–४ गिडिखोलाको रातेखोलामा औधोगिक ग्राम निर्माणले गति लिएको छ । साविक कर्णालीका पाँच जिल्लामै पहिलो जुम्लाको तातोपानीमा मात्रै स्थापना भएको औधोगिक ग्राम निर्माण कामले गति लिएको हो ।

औद्योगिक ग्रामको पहिलो चरणको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेसंगै तातोपानी गाउँपालिकाले औधोगिक ग्रामलाई व्यवस्थित रुपमा संचालन कसरी गर्ने भन्नेबारे सुझाव लिन बुधबार जिल्लाव्यापी बहसको आयोजना गरेको छ ।
औधोगिक ग्राम स्थापना गर्नका लागि डीपीआर, आईई तथा कार्यविधि निर्माण गरेर मात्र कार्यान्वयन गर्नुपर्ने प्रावधाननुसार तातोपानीले डिपिआर तयार गर्नेदेखि वाताबरणीय प्रभाव मुल्याकंन तथा कार्यविधि निर्माण गरी कार्यान्वयनमा समेत ल्याइसकेको छ ।

बुधबार प्रारम्भीक वातारणीय परिक्षण (आईई) अध्यायनको प्रतिवेदन सार्वजानिक सुनुवाई तथा औधोगिक ग्राम विस्तार तथा व्यवस्थित संचालनबारे जिल्लाव्यापी बहस गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले बताए ।

जिल्ला व्यापी बहसबाट औधोगिक ग्राम संचालनको ठोस निष्र्कष आउने आशा गरिएको छ ।  के कस्ता उद्योग संचालन गर्न सकिन्छ,उत्पादनको सम्भावना केछ ? आन्तरिक तथा बाह्य लगानी कसरी भित्रयाउने ? र कसरी औधोगिक ग्रामलाई दिर्घकालीन रुपमा संचालन गर्न सकिन्छ भन्ने विषयमा नीजि क्षेत्र,व्यापारी,उद्यमी,राजनीतिक दल,कृर्षक,यूवा,नागरिक अगुवा लगायतका सरोकावालाबाट सुझाव संकलन गर्न बसहको आयोजना गरिएको अध्यक्ष चौलागाईले जानकारी दिए ।

युवालाई रोजगारी तथा आत्मनिर्भर बनाउने ध्येयले साविक कर्णालीमै पहिलो निर्माण भएको औद्योगिक ग्रामले स्थानीय स्रोत साधनको अधिकतम प्रयोग र जनशक्ति परिचालनमा टेवा पुराउने विश्वास गरिएको छ ।

जिल्ला व्यापी बहसले जिल्लाभित्रका लगानी कर्तालाई मात्र आर्कषित गर्ने छैन् । यहाँका सम्भावना लगानीका क्षेत्रबाट विस्तृत बहस गरी जिल्ला बाहिरका लगानी कर्ता भित्रयाउन समेत प्रयास गरिने गाउँपालिका अध्यक्ष चौलागाईको भनाई छ ।

बसहमा सहभागी उधमी,व्यापारी,दलका प्रतिनिधिले ओैधाेगिक ग्रामलाई आर्थिक समृद्दिकाे आधार बनाउन उत्पादनमुखी उद्योग संचालन गर्नु पर्ने सुझाव दिएका छन् ।

साथै ओैधाेगिक ग्राममा लगानी जुटाउन,स्थानीय स्राेत साधनकाे अधिकतम प्रयाेग गर्न र राेजगारी सृजना गर्न आबश्यक पूर्वाधार सहित उधाेग संचालनमा जाेड दिनु पर्ने बताएका हुुन् ।

यतातोपानीको आर्थिक समृद्धी,रोजगारी सृजना र उत्पादन बृद्धिको दिर्घकालीन लक्ष्य सहित निर्माण भईरहेको औधोगिक ग्राम पूर्णता दिन तातोपानी गाउँपालिका जुटिरेहको छ ।
जस अन्तरर्गत औधोगिक ग्रामको पहिलो चरण एक करोड ७० लाख लागतको घेराबार निर्माण भईसकेको छ । भ्याट सहित एक करोड ७० लाख लागतमा मेसिनरिवाल र घेराबार निर्माण भएको प्रमुख प्रशासकिय अधिकृत तीर्थ बहादुर कठायतले बताए ।

उनले भने,‘औधोगिक ग्रामको (आईई) अध्यायन प्रतिवेदनलाई अन्तिम रुप दिएर संघिय लगानी जुटाउने प्रयासमा छौ । जसरी हुन्छ यूवालाई रोजगारी र उत्पादन बृद्धि होस् भन्ने हाम्रो लक्ष्य हो । आन्तरिक तथा बाह्य लगानीकर्ता आर्कषि गर्न औधोगिक ग्राममा बहस गर्न लागेका हौ ।’

एक करोड ७० लाख लगातमा घेराबार निर्माणको ठेक्का ‘गौचन निर्माण सेवा’ले पाएको थियो । औधोगिक ग्रामिलाई रोजगारी सृजना र आर्थिक समृद्धी र उत्पादन बृद्धिको आधार बनाउन स्थानीय किसान देखि जिल्ला स्थित उद्यमी,व्यापारी,नीजि क्षेत्रसंग निरन्तर छलफल गर्न आबश्यक रहेको तातोपानी ४ का वडाध्यक्ष अमर बहादुर रोकायाले बताए ।

तातोपानी गाउँपालिका वडा नं ४ को रातेखोलामा रहेको करिब १५ हजार ८८२ वर्गमिटर क्षेत्रफल सार्वजनिक जग्गा औधोगिक ग्राम निर्माण भईरहेको छ । स्थानीय स्रोत साधन, सीप, पुँजीको अधिकतम प्रयोग परिचालन रोजगारी सृजना गर्न कृषि तथा वन पैदावारसँग सम्बन्धित साना उद्योग स्थापना गर्ने डिपिआरमा उल्लेख छ ।

स्थानीय राडीपाखी, आरन, काष्ठकलाजस्ता,व्यवसायीक स्याउ तथा ओखर खेती लगायतका परम्परागत उद्योग तथा खेती औद्योगिक ग्राममा सञ्चालन हुनेछन् ।

डिपिआर अनुसार औधोगिक ग्राामा  जडिबुटी, फलफूल, पानी, ग्यामिन, काष्ठकला तथा साना उद्योग सञ्चालन गरिने उल्लेख छ । औद्योगिक ग्राम सञ्चालन पश्चात् स्याउ, सिमि, ओखर, जल, जमिन, जडिबुटीको उत्पादन वृद्धि, प्रशोधन तथा बजारीकरणमा सहज हुने आशा गरिएको छ ।

प्रकाशित मिति : २०८१ असार ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस