
जुम्ला – तातोपानी गाउँपालिका – ३ लिताकोटका हाल ७ नम्बर वडा सर्मीगाउँमा बस्दै आएका रणबहादुर कार्की मुटुरोगी विरामी हुन् । उनले अस्पतालको शैयाबाट उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गर्दै आएका छन् ।
उनलाई उपचार खर्च जुटाउन समस्या भई रहेको बेला राष्ट्यि स्वतन्त्र पार्टी जुम्लाले सहयोग गरेको छ । उनको उपचारका लागि रास्वपाले चिया खर्च कटाएर १० हजार पाँच सय रुपियाँ सहयोग गरेका हो । रास्वपा स्थापना दिवसको दोस्रो वार्षिक उत्सवको अवसरमा सहयोग प्रदान गरिएको हो ।
मुटुरोगी कार्की कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार गर्दै आएपनि थप उपचारका लागि काठमाडौँ गएपछि उहाँलाई सहयोगको लागि खातामा रकम जन्मा गरिदिएको रास्वपा जिल्ला संयोजक मक्कर बहादुर भण्डारीले बताए । उनले भने विपन्न नागरिकलाई उपचार गर्न समस्या छ । सवैको सहयोगबाट विपन्न नागरिकको उपचारमा टेवा पुग्ने उद्देश्यले सहयोग गरिएको छ ।