जुम्ला । नाग्म–गमगडी सडक निर्माणका लागि यातायात सेवा बन्द गरिने भएको छ । निर्माणधिन नाग्म–गमगडी सडक खण्डको कनकासुन्दरी गाउँपालिकाको हाँटसिंजा क्षेत्रको सडक चौडा गर्नुपर्ने भएकोले यातायात बन्द हुने भएको हो ।
सडक डिभिजन जुम्लाले शुक्रबार सूचना जारी निर्माणाधीन नाग्म गमगढी सडक खण्ड (कनकासुन्दरी गाउँपालिका, जुम्ला) को चेनेज ३७,००० कि.मी. देखि ३७+२०० कि.मी सक्को सडक चौडाई गर्न यातायात बन्द हुने जनाएको छ ।
उक्त सडक खण्डमा असार ९ गतेदेखि आगामी असार २३ गतेसम्म १५ दिन विहान ५ः३० बजे देखि विहान १०ः०० बजेसम्म र दिउँसो १ः०० बजे देखि दिउँसो ४ः०० बजेसम्म सवारी आवागमन बन्द गरिने सडक डिभिजन जुम्लाका प्रमुख चेतनारायण मण्डलले बताए ।
उनका अनुसार हाँट सिंजा क्षेत्रको करिब २ सय मिटर सडक चौडा गरिने भएको निश्चित समय यातायात बन्द गरिने भएको हो ।
नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल जाने उक्त सडक सडकलाई स्तरबृद्धि गर्न लागिएको छ । निर्माण अवधिमा यातायात बन्द गर्नुपर्नु भएकोले रारा आउने पर्यटकदेखि मुगु आवतजावत गर्ने यात्रु बाहक तथा मालबाहक सवारी र यात्रुले सास्ती पाउने छन् ।
यदपी,नाग्म–गमगडी सडकको रोकिनुको सटा समयमै गन्तव्यमा पुग्नका लागि मुगु र रारा ताल जानको लागि जुम्ला एयरपोर्ट,उर्थु खाली न्याउरीघाट,चौथा हुदैँ भुलभुले जोड्ने सडक भएर पनि यात्रा गर्न सकिने छ ।
जम्मा ९३ किमी दुरी रहेको नाग्म–गमगडी संचालन भएको करिब डेढ दशकपछि कालोपत्रे समेत भईरहेको छ । पहिलो चरणमा ६ किमी सडक कालोपत्रे भएको हो ।
.



