सिंजाका ७२० जना बालबालिकाको पोषण लेखाजोखा

जुम्ला – सिंजा गाउँपालिकामा पोषणमैत्री स्थानीय शासन प्रवर्धन गर्नुका साथै पोषण अवस्था सुधार गर्न ७२० बालबालिकाको पोषण लेखाजोखा गरिएको छ । पाँच दिनसम्मको समयवधिमा हरेक गाउँबस्ती टोलका घरघरमा पुगेर बालबालिकाको पोषण लेखाजोखा गरिएको हो ।
सबै बालबालिका स्वास्थ्य संस्था टाढा भएर पुग्न नसक्ने, कुनै पनि बालबच्च नछुटुन भन्ने उदेश्यले टोलस्तरमा पोषण लेखाजोखा अभियान सञ्चालन गरिएको हो । ७ जना अति सिघ्र कुपोषित र ४२ जना मध्यम सिघ्र कुपोषित बालबालिका पहिचान भएको छ ।
पहिचान पश्चात अति सिघ्र कुपोषित बच्चालाई उच्च स्वास्थ्य केन्द्रमा रिफर गर्ने र मध्यम सिघ्र कुपोषितलाइ परामर्श गर्ने गरिएको छ । यस कार्यक्रमलाई अझै प्रभावकारी तरिकाले अगाडी बढाउन तथा बालबालिकाको पोषणमा सुधार ल्याउनका लागि प्लान इन्टरनेशनल नेपालको राष्ट्रिय रणनीति र पेस नेपालको वार्षिक कार्यक्रमले पोषणमैत्री स्थानीय शासनलाई सिंजा गाउँपालिकामा मुख्य सहयोगीको रुपमा भूमिका निर्वाह गर्दै आइरहेको छ ।


नेपाल सरकारको बिभिन्न पोषण योजना लागु भइरहेको अवस्थामा पनि बालबालिकाको पोषण अवस्था सुधार हुन सकेको छैन । बच्चाको जन्मिदा कम तौल, बिपन्न परिवार, सन्तुलित आहारको अभाव, स्थानीय खानाको बेवस्था, किशोरा अवस्थामा गर्भवती जस्ता कारण देखाएका छन् । यी कारणलाई सम्भोधन गर्न स्थानीय सरकार, सरोकारवाला संघसंथा, अभिवावक, आमा समुह र बालबालिका सक्रिय रहेको सिंजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताए । .
पोषणमैत्री स्थानीय शासन प्रवर्धन गर्न पेस नेपालले सिंजा गाउँपालिकाको पोषण प्राश्वचित्र, पोषणमैत्री स्थानीय शासन कार्यविधि निर्माण गर्ने कार्य भइरहेको पेस नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले बताए ।

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस