
जुम्ला । नेपाल आईडल सिजन-५ काे विजेता करण परियार बनेका छन् । बर्दिया जिल्लाका करण परियार एपीवान टेलिभिजनबाट प्रशारित नेपालकाे चर्चित गायन रियालीटी साे नेपाल आईडल सिजन-५ काे बिजेता बनेका हुन् ।
शनिवार भएकाे ग्राण्ड फिनालेमा दर्शकबाट प्राप्त भाेटका आधारमा परियार विजेता बने । उनले नगद २५ लाख सहित विभिन्न आर्कषक पुरस्कार पाएका छन् । सामान्य परिवारमा जन्मीएका करण सानैदेखि गित संगितमा रुचि राख्दै आएका थिए ।
आईडलकाे विभिन्न चरण पार गर्दै विजेता बनेपछि बर्दियानै उत्साहित छ । यसै गरि नेपाल आईडल सिजन-५ काे फस्ट रनरअप पाेखराकी सलाेनी गुरुङ भएकी छन् । भने सेकेण्ड रनरअप सच्चीन विश्वकर्मा र थर्ड रनरअप माेहित भूजेल भएका छन् ।
प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार