जुम्लाबाट वेपत्ता चार किशाेरी जमुना नाकामा भेटिए,माईती नेपालले घर पठायाे

जुम्ला । जुम्लाबाट बेपत्ता भएका चार जना किशाेरीलाई जमुना नाकाबाट घर फर्काईएकाे छ । जुम्लाबाट बेपत्ता भएका किशाेरीहरुलाई नेपालगन्ज स्थित माईती नेपालकाे सहयाेगमा जमुना नाकाबाट घर फर्काईएकाे हाे ।

नेपाल रेडक्रस सोसाइटीको कार्यक्रम छ भन्दै बुधबार विहान घरबाट निस्कीएकी चन्दननाथ नगरपालिका -१ कि एक किशोरी साझ अबेर सम्म पनि घर फर्किनन् ।

उनकी आमाले छाेरी अबेर सम्म घर नआएकाे कुरा आफ्नाे भाईलाई सुनाईन् । कहिले घर बाहिर नबसेकी छोरी राती अबेसम्म पनि घर नफर्केपछि परिवारमा चिन्ता बढ्नु स्वभाविक पनि थियाे ।

बुझ्दै जाँदा किशाेरीसंगै उनका काका नाता पर्नेकी छाेरी पनि साझ अबेर सम्म घर फर्किएकी रहेनछन् । एकाएक किशाेरीहरू बेपत्ता भएपछि आफन्तले प्रहरी गुहारे । छाेरीलाई खाेजीदिन अनुराेध गरे । तर प्रहरीबाट कुनै खबर आएन् ।

तर विहिबार विहानै बिहान नेपालगन्ज भन्सार कार्यालय नजिक रहेकाे माइती नेपालबाट आफन्तलाई जुम्लाकम दुई किशोरीसँग अरु थप दुई जना किशोरी नाका फेला परेकाे फाेन आयाे ।

जुम्लाबाट बेपत्ता किशाेरी कसरी जमुना नाका पुगे ? कक्षा नाैमा पढ्दै गरेका उनीहरुलाई कसले त्यहा पुर्यायाे ? यसमा काेहि गिराेहकाे हात हुनु पर्ने भन्दै आफन्त शसंकित छन् । भने गहिराे अनुसन्धानका लागि प्रहरीलाई माग पनि गरेका छन् ।

माईती नेपालले चार किशाेरी नाकामा भेटिएकाे फाेन गरेपछि चन्दननाथ १ का आफन्तले किशोरीलाई हवाई जहाजबाट घर बोलाएका छन् ।

किशोरीलाई प्रहरीले नगरानीमा राखेर सोधपुछ गरेको छ। तथापि उनले सबै कुरा नखोलेको प्रहरी स्रोतले बताएको छ।

प्रकाशित मिति : २०८१ असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस