जुम्ला । शारिक रुपमा अशक्त व्यक्तिहरु प्राय घरमै बस्छन् । वरपर हिड्डुल गर्न नसक्ने अशक्तहरुलाई घरबाहिरको रमाईलो हेर्न मन भएपनि सकिरहेका हुदैनन् । अशक्त मान्छे प्रायः घर हेरालाका रुपमा बस्छन् । जस कारण उनिहरुको शारिरिक अशक्तताले गर्दा घुम्ने,रमाउने मन भएता पनि खुम्चीएर बस्न बाध्य छन् ।
तर जुम्लाको हिमा गाउँपालिका वडा नं. १ का शारिरिक रुपमा अशसक्त व्यक्तिहरुलाई नेपालकै उत्कृष्ट पर्यटकिय गन्तव्य रारा तालको भ्रमण अवलोकन गराइएको छ । घरमै बसेर आजित शसक्तहरुलाई मनोरञ्जन प्रदानका लागि हिमा–१ का ११ जना (क) र (ख) वर्गका ११ जना अशसक्त अपांङ्ग र उनका सहयोगीलाई राराताल भ्रमण गराइएको हिमा गाउँपालिका वडा नंं १ का अध्यक्ष रतन बहादुर शाहीले बाए । उनका अनुसार आईएनएफको आर्थिक सहयोग र हिमा–१ को आयोजनामा अशक्त तथा अपांग व्यक्तिहरु पहिलो पटक रारा तालमा पुगेका हुन् ।
वडाध्यक्ष शाही भन्छन,‘वडामा रहेका शसक्तहरु हिड्डुल गर्न सक्दैनन् । परिवारलाई पनि उनिहरुलाई खासै वास्ता गर्दैनन् । त्यसैले छिमेकी जिल्ला मुगुमा गएर रारा ताल भ्रमणमा लिएका हौ । पहिलो पटक रारा तालमा पुग्दा सबै उत्साहित छन् । को मनोरञ्जन लिन कहिले नपाउने भएकोले वडा भित्र रहेका त्यस्ता व्यक्तिहरुलाई अवलोकन गर्न लिएको हो ।’
वडाध्यक्ष शाहीले दुईदिन भ्रमणपछि शनिवार सबै अशक्त व्यक्तिहरु घर फर्किएका छन् ।
स्वर्गकी अप्सरा रारा ताल जहाँ रारा राष्ट्रिय निकुञ्जले वरिपरि ढपक्क ढाकेको सुन्दर तालको हेर्न र तालमा डुङ्गा चढ्न पाउँदा अपाङ्गता व्यक्तिहरु निकै खुसी भएको थिए । आफूले सकिने जति अपाङ्गता व्यक्तिहरु नाच्दै रमाईलो गरेका थिए । भने, कसैले गित गाउँदै राराको दृश्य हेरेर मनोरञ्जन लिएका थिए ।
सपाङ्ग व्यक्तिहरु त आफ्नो योजना बनाएर रारा मात्र नभएर नेपालको जुनसुकै ठाउँमा गएर अवलोकन गर्न सक्छन् । तर अपाङ्गता भएका व्यक्तिहरुको घुम्न जाने इच्छा रहर हुँदा हुँदै पनि सोचेको ठाउँमा जान नक्सने समस्यालाई मध्यनजर गर्दै रारा भ्रमण राखिएको उनको भनाई छ ।
.
हिमा गाउँपालिकाले अपाङ्गता व्यक्तिहरुको जानलाई रहर भएको ठाउँमा लिएर अवलोकन गराएको छ । हिमा १ को सरकारले अपाङ्गताहरुका लागि यति राम्रो कार्य गरेको छ । अझै आउँदा दिनमा पनि जेष्ठ नागरिकलाई पनि लिने सोच र विचार रहेको शाहीले बताए । अपाङ्गता व्यक्तिहरु घरको दैलोमा दिन बितारहेका थिए भने यस पटक गाडी चढेर रारा ताल पुगेर रमाईलो गर्दै घर फर्किएका छन् ।



