ताताेपानीकाे नीति तथा कार्यक्रम पारित

जुम्ला । जुम्लाकाे ताताेपानी गाउँपालिकाकाे नीति तथा कार्यक्रम पारित भएकाे छ । आगामी आर्थिक वर्ष २०८१/८२ काे वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएकाे हाे ।
गाउँपालिकाकाे १५ ओैँ गाउँ सभामा सभाका अध्यक्ष नन्द प्रसाद चाैलागाईले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम बहुमतले पारित भएकाे छ ।

जिल्लाकै पहिलाे पालिकाका रुपमा ताताेपानीकाे नीति तथा कार्यक्रम पारित भएकाे हाे । सभामा प्रस्तुतपछि सदस्यहरुले व्यापक छलफल गरि पारित भएकाे ताताेपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईले बताए ।

उनका अनुसार ताताेपानीले विगतकाे भन्दा कृषि,पूर्वाधार,शिक्षा सवास्थ्य केन्द्रित नयाँ कार्यक्रम ल्याईएकाे छ ।

साथै बजेट तर्जुमा समितिका संयाेजक रेवती रावलले बजेट भने पारित हुन बाँकी रहेकाे बताईन् । सभामा बजेट पेश भएकाे विस्तृत छलफलपछि मात्रै पारित गरिने उनकाे भनाई छ ।

प्रकाशित मिति : २०८१ असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस