दुर्गमका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला

सामुदायिक र संस्थागत विद्यालयमा निमावि देखि नै विज्ञान विषय पढाई हुन्छ । विज्ञानसहित अन्य प्रयोगात्मक शिक्षण गर्नुपर्ने पर्ने विषयमा सैदान्तिक र अभ्यास शिक्षण विद्यार्थीले सँगसँगै सिक्न पाउनु पर्ने हो ।
तर धेरैजसो सामुदायिक विद्यालयमा अभ्यास गर्नुपर्ने शिक्षण सिकाईका लागि प्रयोगशाला ल्याव नै छैन । केही भएका प्रयोगशाला पनि शिक्षक, विजुली जस्ता प्राविधिक व्यवस्थापन नभएका कारणले प्रयोगमा छैन । जसका कारणले सैदान्तिक शिक्षक सिकाईकै भरमा विद्यार्थीले प्रयोगात्मक परीक्षा पनि दिनु परेको छ । जसले गर्दा विद्यार्थीले परीक्षामा सुखद नतिजा दिन सकेका छैनन् ।
यस्ता किकिसका समस्यालाई समाधान गर्नका लागि प्लान नेपाल र पेस नेपाल जुम्लाको साँझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्र्तगत स्थानीय तहको समन्वयमा हिमा र सिंजाका माध्यामिक विद्यालयमा विज्ञान प्रयोगशाला ल्याव स्थापना गरिएको छ ।
हिमा गाउँपालिका – १ बड्की गाउँस्थित कालिका माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला ल्याव स्थापना गरिएको हो । प्लान नेपाल र पेस नेपालको साँझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्र्तगत करिव पाँच लाख रकम बराबरको विज्ञान प्रयोगशाला ल्यावका सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
सिंजा गाउँपालिका –२ चुलेल गाउँस्थित माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । प्लान नेपाल, पेस नेपाल र विद्यालयको लागत साँझेदारमा प्रयोगशाला स्थापना गरिएको हो ।
सशक्त बालिका परियोजना अन्र्तगत ४ लाख बराबरको ९१ प्रकारका विज्ञान प्रयोगशाला सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको छ ।


विद्यालयले विज्ञान प्रयोगशाला सामग्री राख्नका लागि ९० हजार बराबरको फर्निचर टेवल, दराज र ¥याक निर्माण गरेको हो ।
यस्तै सिंजा गाउँपालिका – ५ फुंग्र गाउँस्थित कैलाश माध्यामिक विद्यालयमा पनि विज्ञान प्रयोगशाला ल्याव स्थापना गरिएको छ । पाँच लाख बराबरको विज्ञान प्रयोगशाला ल्यावका सामग्री हस्तान्तरण गरिएको जनाएको छ ।
विद्यार्थीको शिक्षामा सुधार ल्याउनका लागि विद्यालयमा विज्ञान प्रयोगशालाको सामग्री व्यवस्थापन गरिएको हो । यही सामग्री प्रयोगमा ल्याएर शिक्षण सिकाईमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
पेस नेपाल जुम्लाका कार्यकारी निर्देशिक किशोर न्यौपानेका अनुसार विज्ञान प्रयोगशाला ल्याव स्थापना पश्चात बालबालिकाको शिक्षामा गुणस्तर सुधार होस भन्ने उद्देश्य राखिएको छ । विद्यार्थीको शिक्षामा सुधार ल्याउनका लागि विद्यालयमा विज्ञान प्रयोगशालाको सामग्री व्यवस्थापन गरिएको हो । विद्यार्थीको शिक्षण सिकाईमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
गाउँपालिका महासंघका उपाध्यक्ष तथा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीका अनुसार स्थानीय सरकार र विकास साँझेदार संस्थाको समन्वय सहकार्यमा शिक्षा क्षेत्रमा काम गर्दै आएका छौँ । उनले भने, विद्यालयको भवन निर्माणदेखि शौचालय, खानेपानीका धारा, विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । विज्ञान प्रयोगशाला सामग्रीले विद्यार्थीको शिक्षण सिकाईमा सुधार ल्याउने छ । यिनै सामग्रीको विद्यार्थीले भरपुर प्रयोगमा ल्याएर शिक्षण सिकाई सहज हुने र शिक्षामा पनि सुधार आउने छ ।
सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार गैरसरकारी संस्था हाम्रो विकास साँझेदार संस्था हुन् । यिनै विकास साँझेदार संस्था र स्थानीय सरकारको समन्वय सहकार्यमा भौतिक पुर्वधारदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएका छौँ । जसका कारण परिणाम पनि राम्रो देखिदै आएको छ ।

प्रकाशित मिति : २०८१ असार १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस