जुम्ला । हिमा गाउँपालिका वडा नं १ स्थित रुपाकाेट आधारभूत विद्यालयमा वृक्षाराेपण गरिएकाे छ । ७३ ओैँ मदन जयन्तीका अबसरमा अनेरास्ववियू जिल्ला कमिटी जुम्लाकाे आयाेजनामा वृक्षाराेपण गरिएकाे छ ।
मदन जयन्तीका अबसरमा देशभर एक लाख विरुवा राेप्ने लक्ष्य राखिएकाे छ । जसमा अनेरास्ववियु केन्द्रिय कमिटीको निर्णय अनुसार ७३औं मदन जयन्तीको अवसरमा जुम्लाका विभिन्न विद्यालयमा वृक्षा राेपण भईरहेकाे छ ।

जसअन्तर्गत बुधबार रुपाकाेट आविमा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाही,उपाध्यक्ष सुर्पना शाही र अनेरास्ववियु केन्द्रीय सदस्य बिराज भण्डारी लगायतकाे उपस्थितीमा वृक्षाराेपण गरिएकाे हाे । दियार,धुपी,सल्ला,ढटेलाे लगायतका बिरुवा राेपिएकाे छ ।
वृक्षाराेपण कार्यक्रम तिला गाउँ पालिका सेतिबाडा माध्यमिक विद्यालयबाट सुरु गरिएकाे छ ।
जननेता मदन भण्डारीकाे सम्झनामा नेकपा एमाले निकट भातृसंघ संगठनहरुले हरेक वर्ष विभिन्न कार्यक्रम गरि मनाउदैँ आएका छन् ।



