जुम्ला। गाउँघर सम्म सुरक्षित गर्भपतनकाे पहुँच विस्तार गर्नु पर्नेमा सराेकारवालाले जाेड दिएका छन् । पछिल्लाे समय बढ्दाे असुरक्षित गर्भपतनले महिला तथा किशाेरीहरुकाे स्वास्थ्यमा प्रतिकूल असर पर्दै गएकाे छ । जसका कारण सुरक्षित गर्भपतनबारे चेतना गाउँगाउँमा पुराउनु पर्नेमा सराेकारवालाले जाेड दिएका हुन् ।
जुम्लामा विहिबार जनस्वास्थ्य कार्यालय जुम्लाद्दारा आयाेजित सराेकारवालाई गर्भपतन सम्बन्धि मुल्यमान्यता तथा व्यवहार रुपान्तरण सम्बन्धि अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले पछिल्लाे समय बढ्दाे असुरक्षित गर्भपतनकाे जाेखिमबाट महिला तथा किशाेरीलाई जाेगाउन जनचेतना अभिबृद्दि तथा अनुगमन तथा नियमन गर्नु पर्ने धारणा राखेका छन् ।
समाजमा छाेरी हुने बित्तिकै भ्रुण हत्या गर्ने तालिम प्राप्त स्वास्थ्य कर्मी हुन वा नहुन जसरी पनि हचुवामा गर्भपतन गराउने परिपाटि विद्यमान रहेकाे छ । जसकाे प्रत्यक्ष शिकार ग्रामिण भेगका महिला तथा किशाेरी बनेका छन् ।
सामाजिक रुपमा लैगिंङ विभेदकै कारण असुक्षित गर्भपतन हुने गरेकाे छ । अनिवार्य छाेरा पाउनै पर्ने बाध्यताले गर्भमा छाेरी भएकाे खण्डमा लुकिछिपि असुरक्षित गर्भपतन गराउन बाध्य छन् । यी विभित सामाजिक मुल्यमान्यता र समस्यालाई मध्यनजर गर्दै सुरक्षित गर्भपतनकाे चेतना र जाँगरण गाउँ गाउँमा पुराउन जरुरी रहेकाे छ ।
१२ हप्ता सम्मकाे गर्भलाई सुरक्षित गर्भपतन गराउने कानुनी प्रावधान रहेकाे र असुरक्षित गर्भपतनले हुने असरका विषयमा गाउँ गाउँमा चेतना फैलाउन स्थानीयतहहरुले नीतिगत व्यवस्थापन गर्न जरुरी रहेकाे छ ।
अभिमुखीरकणकाे उद्घाटन शत्रमा बाेल्दै जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चायले लागू ओैषध,असुरक्षित गर्भपतनलाई न्युनिकरण गर्न सबै सराेकाराला निकाय एकजुट हुनु पर्ने बताए । असुरक्षित गर्भपतनले स्वास्थ्यमा पार्ने असरका विषयमा गाउँगाउँ सम्म जनचेचना फैलाउनु पर्नेमा जाेड दिए ।
प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन सबैकाे हातेमालाे जरुरी रहेकाे बताए । असुरक्षित गर्भपतनका असरबारे गाउँघरमा व्यापक प्रचार प्रशार गर्नु पर्नेमा समेत जाेड दिए ।
स्थानीयतह सुरक्षित गर्भपतनकाे चेतना अभिबृद्दिमा नीति निर्माण सहित लगानी बढाउनु पर्ने प्रजिअ घिमिरेकाे भनाई छ ।
जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकाेटाले जुम्लामा असुरक्षित गर्भपतन गराउनेहरु बढ्दै गएपनि एकिन संख्यानभएकाे बताए । उनका अनुसार,गर्भपतन गराउने ओैषधि खाएर अत्यधिक रक्तश्राव लगायत स्वास्थ्यमा समस्या भएपछि आव २०७९/८० मा १९ जना ०८०/८१ मा २१ जनाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आएर उपचार लिएका छन् ।



