चन्दननाथका नगर प्रहरीले पाए नियुक्ति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले नगर प्रहरीलाई औपचारिक नियुक्ती दिएको छ । भर्खरै सिफारिस भएका नगर प्रहरीलाई चन्दननाथ नगरपालिकाले शुक्रबार नियुक्ती दिएको हो ।

औपचारिक कार्यक्रम गरेर नगर प्रमुख राजुसिंह कठायत र उपप्रमुख रामदेवी खड्काले नगर प्रहरीलाई विधिवत रुपमा नियुक्ति दिइएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए । नगरपालिकाको शान्ति सुरक्षलाई मजबुद बनाउने उदेश्य सहित नगर प्रहरी नियुक्त गरिएको मेयर कठायतले बताए ।

उपमेयर रामदेवी खड्काले बढ्दो शहरीकरण संगै नगर क्षेत्रमा शान्ति सुरक्षा चुनौती पूर्ण बन्दै गएपछि नगर प्रहरी भर्ना गरिएको उल्लेख गरिन् ।

चन्दननाथ नगरपालिकाले खोलेको १५ जनाको नगर प्रहरीको विज्ञापनमा शारीरिक तन्दुरुस्ती र लिखितमा २२ जवान र एक असही गरि २३ जनाको नाम निस्किएको थियो ।

प्रकाशित मिति : २०८१ असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस