स्याउ सुपरजोनका आयोजना संयूक्त अनुगमन

जुम्ला – प्रधानमन्त्री आधुनिकिकरण परियोजना स्याउ सुपरजोनका आयोजना संयुक्त अनुगमन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको संयोजकत्वमा चन्दननाथ नगरपालिका भित्र सम्पन्न भएका सात वटा आयोजनाको संयूक्त अनुगमन गरिएको हो ।
चन्दननाथ नगरपालिका – ९ उमगाडस्थित कालिका कृषि तथा पशुपन्छी फर्मको फलफुल माउबोट स्याहार कार्यक्रम र वडा नं. १० खल्लास्थित शितोष्ण कृषि फर्मको नमुना बगैचा स्थापना तथा व्यवस्थापन कार्यक्रमको अनुगमन गरिएको हो ।
यसैगरी वडा नं. १० बारकोटेवाडास्थित भगवती कृषि तथा पशुपालन उद्योगको साना सिचाई पुर्वाधानर निर्माण कार्यक्रम र नरकला कृषि फर्मको उच्च घनत्व स्याउ विरुवामा टे«लिस जडान कार्यक्रमको अनुगमन गरिएको हो ।
चन्दननाथ नगरपालिका – ६ बसपार्कस्थित छिना कृषि उद्योगको रुटस्टक विरुवा उत्पादन कार्यक्रम पनि अनुगमन गरिएको स्याउ सुपरजोनका प्रमुख खेमराज शाहीले बताए ।
राजनीतिकका प्रमुख तथा प्रतिनिधिले अनुदान कार्यक्रम साना किसान सम्म पुग्नुपर्ने सुझाएका थिए । यस्तै अनुगमन तीन चरणमा पनि हुनु पर्ने सुझाए ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख आचार्यले अनुदानका कार्यक्रम धेरै डुव्लीकेशन हुने देखिएकोले यसमा सचेत हुनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २०८१ असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस