हिमा–७ मर्चीगाउँका ६७ घरमा एकघर,एकधारा

खानेपानी विकासमा हिमाको फड्को

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले खानेपानी विकासलाई विशेष प्रथामिकता दिदै आएको छ । वर्षौदेखि खोला नदीको दुषि पानी पिउन बाध्य हिमाबासीलाई शुद्ध खानेपानीको पहुँचमा पुराउन हिमाले खानेपानीको विकास र सरसफाई क्षेत्रमा उल्लेखीय काम गर्दै आएको हो ।

पाँच वर्षमा हिमालाई पूर्ण रुपमा शुद्ध खानेपानीयुक्त पालिका बनाउने अभियान सहित गाउँ गाउँमा लाखौ खर्चिएर एकघर एकधारा निर्माणको अभियान चलिरहेको छ । जसअन्तरर्गत हिमा गाउँपालिका वडा नं. ७ को मर्ची गाउँमा ६७ घरमा स्वच्छ खानेपानी धारा निर्माण भएका छन् ।

नेपाल सरकार,फिनल्यान्ड सरकार,युरोपियन युनियन र हिमा गाउँपालिकाको संयुक्त साझेदारीमा सञ्चालित दिगो खानेपानी सरसफाइ तथा स्वछता (सुस्वा) परियोजना अन्तर्गत हिमा ७ मर्चि गाउँका ७६ घरमा एकघर एकधारा निर्माण गरिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए । बार्खेडाडा खानेपानी तथा सरसफाई आयोजना निर्माण सम्पन्न भएपछि शनिवार एक कार्यक्रमका बीच उक्त आयोजना समुदायलाइ हस्तान्तरण गरिएको अध्यक्ष शाहीको भनाई छ ।

जिल्लाका आठ पालिका मध्य हिमा गाउँपालिकाले खानेपानी विकास तथा सरसफाई क्षेत्रमा जिल्लामै उदाहरणीय काम गरेको छ । आधारभूत आबश्यकता भित्र पर्ने खानेपानी विकास प्राय स्थानीय सरकारको प्रथामिकतामा छैन् ।

सुस्वा परियोजना संयोजक सुमिता शाहीले पालिकाको साझेदारी र सुस्वा परियोजनाको लगानीमा हिमाका घरघरमा स्वच्छ खानेपानी पुराई अभियान थालिएको बताईन् । उनले भनिन,‘खानेपानी विकास संगै मर्यादित तथा स्वच्छ महिनावारी,किशोरी तथा महिलाको क्षामता विकास,उपभोक्ता तथा मिस्त्रीको क्षामता विकासमा समेत लगानी गरेका छौ । आगामी दिनमा खानेपानी पूर्वाधार विकाससंगै व्यवहार परिवर्तनका समेत कार्यक्रम गरिने छ ।’

प्रकाशित मिति : २०८१ असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस