हराएका ३ बालिका आफन्तलाई बुझाईयो


जुम्ला । जिल्ला प्रहरी कार्यालयले हराएका बालिकाहरुलाई फेला पारी आपन्तलाई बुझाएको छ । असार १४ गते बेलुकी ७ बजेदेखि हराएका ३ जना बालिकालाई फेला पारी आफन्तलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।
असार १४ गते बेलुकी ७ बजे तातोपानी गा.पा.वडा नं. ०३ स्थायी ठेगाना प्रियङ्का कार्की, कृष्णमाया कार्की र श्रृष्टी कार्की घरबाटै हराएको अबस्थामा प्रहरी परिचालनपछि फेला पारि आफन्तलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरिक्षक छेदीलाल कामतीले जानकारी दिए ।


उनका अनुसार शिघ्र एवम् व्यापक प्रहरी परिचालन गरी निज बालिकाहरुलाई खोज तलास गर्दा तातोपानी गाउाँपालिका वडा न. ०८ स्थित बुङतडी भन्ने ठाँउमा फेला पारी बालिकाहरुको दाजु नाता पर्ने तातोपानी वडा नं. ०३ लिताकोट बस्ने वर्ष १९ को पारस कार्कीलाई अस्थायी प्रहरी पोष्ट ताम्तीमा बोलाई असार १६ गते सकुशल बुझाएको हो ।

प्रकाशित मिति : २०८१ असार १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस