एक महिनामै जुम्लामा २१ जना फरार प्रतिवादी पक्राउ

जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले एक महिनाकाे अवधिमा २१ जना फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ ।

विभिन्न मुद्दामा अनुसन्धान भईरहेका तर फरार रहेका २१ जना प्रतिवादीहरुलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

जिल्लाबाट खटिएकाे विशेष प्रहरी टाेलीले फरार अबस्थामा रहेका २१ जनालाई पक्राउ गरि अनुसन्धान गर्नुका साथै तथा अदालतमा पठाईएकाे डिएसपी छेदिलाल कामतीले बताए ।

उनका अनुसार पक्राउ परेका प्रतिवादीमध्य जुम्लाबाट ३ जनालाई मुगु, १ जनालाई दैलेख र १ जना पाँचथर पठाइएको छ ।

प्रकाशित मिति : २०८१ असार १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस