
जुम्ला । जुम्लाका गोविन्द सुनारको क्रियटीभ डाइरेक्टर रहेको ज्युजिकल फिल्म ‘हिरूलाल’ सार्वजनिक भएको छ । कर्णालीको एक गरिब परिवारको अवस्थाको चित्रण गरिएको उक्त म्युजिकल फिल्म बुधबार सार्वजनिक भएको हो । हिरूलाल कर्णालीको वास्तविक चित्र हो । कर्णाली यर्थातता समेटीएको मर्मस्पर्शी कथा हो ।
यो एक गरिब परिवारको कथा हो । गीतलाई हरेक नेपालीको कथा भनिएको छ । गीतमा लाल बहादुर अर्थात (चक्र बम) विदेश जान्छन् । गीतमा हिरूलालका रूपमा लाल बहादुरका छोरा हुन् । गीतको कथा उनकै वरिपरि घुम्छ । भने कर्णालीको आर्थिक,सामाजिक परम्पराको परिवेशको वास्तविकता देखाईएको छ ।
गीत मार्फत विद्यामान नेपाली समाजको अवस्थालाई देखाउन खोजिएको क्रियटीभ डाइरेक्टर सुनारले बताए । उनका अनुसार यो गीत कर्णालीका हरेक परिवारसँग मेल खान्छ । गीतका लेखक,क्रियटीभ डाइरेक्टर र प्रोडक्सन डिजाइनर गोविन्द सुनार हुन् । सहायक निर्देशक,म्युजिक कम्पोजिसनका रूपमा चक्र बम छन् ।
गीतमा चक्र बम,डिग्रा देवी र रचना रिमालको स्वर रहेको छ । गीतमा चक्र बम र रेणु योगीको अभिनय रहेको छ । गीतको निर्देशन,कन्सेप्ट र कार्यकारी निर्माताका रूपमा रतन देवकोटा रहेका छन् । गीत रतन देवकोटाको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।