जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा २०६८ सालमा स्थापना भएर कर्णालीका १० सहित सुदुरपश्चिमका ३ गरेर १३ जिल्लाका नागरिक लाई विशषज्ञ स्वास्थ्य सेवा दिदै आईरहेको छ।
बिगतमा नेपालगन्ज हुँदै संघिय राजधानी काठमान्डाै सम्म पुग्न घर जग्गा सर्वस्व बेच्नु पर्ने, सामान्य उपचारमा लाखौ खर्चिनु पर्ने अबस्था थियाे ।
अझ उपचार पाउनु त परै जावस शवकाे पाेष्टमार्टम गर्दा पनि डाक्टर कर्नु पर्ने बाध्यता र नाजुक अबस्थाबाट कर्णालीकाे स्वास्थ्य क्षेत्र गुज्रिरहेकाे थियाे । समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुकाे पीडा कर्णालीका हरेक परिवारले भाेगेका छन् ।त्यसमा धेरै चर्च गरिरहन परेन् ।
अब जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भयाे । कर्णालीकाे स्वास्थ्य सेवाले काँचुली फेर्दै गएकाे,दुरदराजका नागरिकले गाउँघरमै विशेषज्ञ सेवा पाएकाे,हिजाे शवकाे पाेष्टमार्टम गर्दा डाक्टर कर्नुपर्ने ठाउँमा अहिले विशषज्ञ डाक्टर उत्पादन भईरहेकाे,काेराेना कालमा नेपालकै उत्कृष्ट सेवा प्रवाह गरेकाे लगायतका उपलब्धीलाई नर्कान सकिन्न । याे सबै प्रतिष्ठान स्थापना भएपछि प्राप्त उपलब्धि हुन् ।
कर्णाली स्वास्थ्य विज्ञान ले दक्ष जनशक्ति उत्पादन गरिरहेको छ र यहाँ उत्पादित जनशक्ति ले लाईसेन्सको परिक्षा होस या अन्य कुनै परिक्षामा सतप्रतिसत नतिजा ल्याउन सफल भएका छन् ।
कोरोना महामारी को बेला होस या अन्य कुनै बेला विपदको समयमा आफू सङ्ग भएको जनशक्ति परिचालन गरेर राज्य लाई सहयोग गर्दै आएको छ । कर्णाली स्वास्थ्य विज्ञान स्वास्थ्य क्षेत्रमा प्रचुर सम्भावना बोकेको सस्था हो।
तर खै त राज्यले कुरा बुझेको कर्णाली स्वास्थ्य विज्ञान ले स्वास्थ्य क्षेत्रमा कति धेरै टेवा पुर्याइरहेको छ भनेर अनि गरिब निमुखा र असहाय हरुको दियोको बत्ती हो भनेर कर्णाली स्वास्थ्य विज्ञान ले कोरोना महामारिको बेला त आफ्नो दिलो ज्यान लगाएर आफू सङ्ग भएको जनशक्ति परिचालन गरेर जनता प्रती निस्वार्थ भावनामा समर्पित गरेर उत्कृष्ट अस्पतालको रुपमा सम्मानित भएको थियो ।
साथै प्रतिस्ठान मा राजनीतिक हस्तक्षेप गर्न बन्द गर्नु पर्छ यो हाम्रो साझा सम्पती हो ।यसको जगेर्ना गर्न जरुरी छ।बिगतमा यहाँ पिसियल लेभलका कार्यक्रम हरु लागू थिए ।
हाल आयर ब्याचलर लेभलका सम्पुर्ण कार्यक्रम हरु जनस्वास्थ्य विषयमा त भर्खरै मात्र मास्टर लेभलमा कार्यक्रम लागू भको छ। एमडिजिपि लगायत अन्य विषयमा पढाइ हुन्छ।
बिगतमा प्रतिस्ठान स्थापना गर्दा जति कडा परिस्रम र मेहनत गर्नु परेको थियोे त्यतिकै यसलाई हामी लाई यसको जगेर्ना गर्न गार्हो भैरहेको छ त्यसैले हामिले बुझ्नु जरुरी छ कि यस लाई राजनीति गर्ने थलो नबनाएर बरु बजेट लगायत अन्य कुराको समस्या हो भने यसलाई हामिले साझा मुद्दा बनाएर राजनीति दल नागरिक समाज लगायत सबैले राज्य लाई दबाब सिर्जना गर्न आवश्यक छ।
दुर्गमा छरिएर रहेका नागरिक हरुको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान सेतो हिरा हो राज्य ले बजेट लगायत अन्य कुरामा अन्य प्रतिस्ठान को तुलनामा जुन विभेदकारी नीति लिएर सौतेनी व्यवहार गरिरहेको छ यसरी हेर्ने नजरिया बदल्न जरुरी छ।अन्तमा धन्यवाद यसका सस्थापक आदरणीय ब्याक्तित्व हरु नरेश भण्डारी र बलबहादुर महत लाई ।



