बालविवाह न्युनिकरण गर्न नीति र बजेटमा प्रथामिकता दिन जोड

जुम्ला । बालबिवाह न्युनिकरणका लागि स्थानीय तहले नीति र बजेटमा प्रथामिकता दिन सरोकारवालाले जोड दिएका छन् । पातारासीमा शुक्रबार आयोजित बालविवाह न्युनिकरण बारे छलफल कार्यक्रममा सहभागी सरोकारवालाले स्थानीय तहले नीति र बजेटमा प्रथामिकता दिन जोड दिएका हुन् ।

बालबिवाह न्युनिकरणका लागि गाउँ गाउँमा निगरानी समिति बनाउने,प्रत्यक विद्यालयमा शिक्षकलाई बालविवाह शिक्षा दिन तालिम दिने,गाउँ गाउँमा जाँगरका कार्यक्रम संचालन गर्ने नीति बनाउन तर्फ स्थानीयतहले ध्यान दिनु पर्नेमा सरोकारवालाले सुझाब दिएका छन्

उक्त कार्यक्रममा बोल्दै पातारासी गाउँपालिका अध्यक्ष पूर्ण सिंह बोहोराले पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले लैंगिक हिंसा र बाल विवाह न्युनिकरण गर्ने प्रयास गरिरहेको बताए ।

उनका अनुसार शान्तिपूर्ण समाजका लागि स्थानीय सरकार लागिपरेको छ । गाउँपालिकामा रहेका विभिन्न शाखामार्फत सचेतनामुलक कार्यक्रम भइरहेको उनको भनाइ छ । ‘नीति कायर्यान्वयनमा जोड दिइएको छ । यसमा पालिकामा पनि सक्रिय रूपमा लागेको छ । अब परिणाममुखी रूपमा अघि बढ्नुपर्छ, उनले भने ।

उक्त अवसरमा बोल्दै पातारासी गाउँपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाकी प्रमुख भगवती गिरीले पातारासीमा बालविवाह र लैंगिक हिंसा पहिलाका भन्दा न्युनिकरण हुँदै गएको छ । उनले वडा नम्बर ५ मा बालविवाह मुक्त वडा हुने तयारीमा रहेको बताए ।

प्रहरी र बाल क्लब मिलेर बवडा नम्बर ४ मा दुई वटा बालविवाह रोकिएको छ । वडा नम्बर १,२ र ३ तुलनात्मक रूपमा बढी बालविवाह हुने गरेको छ । पातारासीमा विद्यामान बालविवाह र लैंगिक हिंसा न्युनीकरणमा आधार परियोजनाले सहयोग गरिरहेको छ ।

वडा नम्बर ५ का वडाअध्यक्ष कालीबहादुर ऐेडीले बालविवाह न्युनिकरणका लागि वडा सक्रिय रूपमा अघि बढेको बताएका थिए । ‘हामी सबैको ऐेक्यबद्वता,बाल विवाह अन्त्यका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने नारालाई साकार गर्न सरोकारवाला निकाय एकजुट हुनुपर्नेमा जोड दिइएको छ ।

प्रकाशित मिति : २०८१ असार २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस