जुम्ला – कनकासुन्दरी गाउँपालिका–२ मालिकाबोताको चुचेमारा धचाखर्केको रंगिन पाटनमा चट्याङ लागेर ५४ वटा भेडा मरेका छन् । बिहीबार दिउँसोे परेको चट्याङले भेडा मरेका हुन् ।
माइकाबोताका बहादुर रावतका ४ वटा, तिते रावतका ३ वटा, तिलक रावतका ५ वटा, मान बहादुर रावतका ३ वटा, विगर रावतका ९ वटा, डिल्ली रावतका ३ वटा, शेर रावतका २ वटा, हरि बहादुर रावतका १ वटा, चञ्चल थापाका ३ वटा, धन रावतका २० वटा, र राम बहादुर रावतका १ वटा भेडा मरेका छन् । ११ जना किसानका ५४ वटा भेडा मरेको स्थानीय हरिबहादुर रावतले बताए ।
प्रकाशित मिति : २०८१ असार २२ गते शुक्रवार



