अमर ‘अमृत’ का चार मुक्तक

मुक्तक – १
जात मिल्दैन भन्छन् अरु न भएकै ठिक छ
स्विकार्दैनन् आफन्तहरू न भएकै ठिक छ
जाँऊ पियारी यो ठाउँबाट टाढा गएर बसौं
हामी यो सामाजमा बरु न भएकै ठिक छ
मुक्तक- २
कस्तो भाग्य लेख्यौ भावी अर्कैको छ
मेरो हिस्सामा हक दाबी अर्कैको छ
आगनभरि गमला रोपे महल खडा गरे
ढोकामा चाँहि ताल्चा चाबी अर्कैको छ
मुक्तक ३
खुसीहरु कतिपय उतै छाड्याको छुँ
नयन बनाई जलाशय उतै छाड्याको छुँ
शरीर मात्रै पुग्याको छ परायाका देशमा
मन मुटु र यो हृदय उतै छाड्याको छुँ

मुक्तक- ४
लैजाउ प्यारी दुइचार ओटा सम्झि रहनु
तिता मिठा पलका फोटा सम्झि रहनु
नबिर्सनु यादगार पल अरु गुनासो छैन
अन्तै परे नि प्रेमको कोटा सम्झि रहनु।
मुक्तक- ५
सम्झिए सारा आफन्त जति दुखद घडीमा
पाइएन साहारा अलि कति दुखद घडीमा
अस्पतालबाट बिरामी बुवा लास बनि आए
न पुग्यो धन न पुग्यो सम्पति दुखद घडीमा

नमस्कार म मुक्तककार अमर अमृत घरडी डिलासैनी गा पा २ बैतडी हाल भारतको बेङ्गलोरबाट। मैले लगभग २०७१ देखि मुक्तक (साहित्य)लेखनमा लागेको छुँ, अब केही समय भित्र एउटा मेरो पहिलो कृति, मुक्तक सँग्रह “जीवनको एक हिस्सा ” प्रकाशित गर्ने जमर्को गरिरहेको छुँ। विकट भेग, त्यसै माथि पनि गरिब परिवारमा अभावै अभावले परिवारको जिम्मेवारी बोक्नु पर्दा लेखन यात्रामा केही अबरोध गेको हो तर पनि म हार न मानी निरन्तर चलिरहेको छु, धन्यवाद।

प्रकाशित मिति : २०८१ असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस