मुगुमा पहिरोको त्रासले ३५ परिवार रातभर जागराम

मुगु । जिल्ला स्थित सोरु गाउ“पालिका—४ रावलबाडा गाउ“का ३५ दलित परिवार बाढी पहिरोको त्रासले रातभर जागराम बसेका छन् ।

असार २१ गते बिहान गाउ“को माथि बाट बर्षासंगै उर्लेर बाढी आएर खेतीयोग्य जग्गा बगरमा परिणत गरि गाउ“ जोखिम बनेपछि ३५ दलित घरका करिव १ सय ७५ स्थानीय त्रासले रातभर जागराम बस्ने गरेका छन ।

गत बर्ष पनि यही समयमा गाउ माथि बाट बाढी आउदा खेतबारीको अन्नबाली तहसनहस पारेको थियो । यो पटक पनि सोही स्थान बाट बाढी आएर जग्गा जमिन लहसनहस बनाए पछि दलित परिवारलाई उठिबास हुन थालेको छ ।

बाढी पहिरोको डरले हामी राति सुत्दैनौ रावलबाडा गाउ“का ४७ बर्षिय जाड नेपालीले भने बर्षा हुदा बित्तिकै माथि बाट बाढी पहिरो आएर खेतीयोग्य जग्गा जमिन बगर बनाई सक्यो ।
नेपालीले दुखेसो पोख्दै भने बीच हामी दलित परिवारका घर छन वरिपरि बाढी पहिरोले तहसनहस बनाई सक्यो । राति बाढी आएपछि बगिजौला भनेर रातभर गाउ“ले जम्मा भएर घरको क्षतमा जागराम बस्ने गरेको दानसिह नेपालीले बताए । बर्षा सुरु भएपछि देबि देउता पुर्कादै घरमा बस्नु परेको उनले सुनाए ।

कोही ओढओछयान बोकेर गाउ“ भन्दा ५ मिनेट पर प्राथमिक बिद्यालयको भवनमा सुत्न जाने गरेका छन । बर्खा लागेपछि रावलबाडा गाउ“को माथि बाट पनि माथि बाढी पहिरो आउने र गाउ“को मुनितिर बाट पनि जमिन भा“सिदै जान थालेपछि ३५ दलित परिवारलाई आफनो ज्यान देखि धनसम्पति जोगाउन सास्ती हुन थालेको छ ।

हुम्ला कर्णाली नदीले गाउ“मुनीको जमिन कटान गर्दै जान थालेपछि बस्ती नै भा“सिदै जान थालेको छ । रावलबाडा गाउ“का ३५ दलित परिवार बाढी पहिरोको उच्च जोखिमा रहेको सोरु गाउ“पालिका—४ का वडाअध्यक्ष गोर्ख मल्लले बताए ।

अध्यक्ष मल्लका अनुसार झरी पर्न थालेपछि बाढी पहिरोको त्रासले दलित परिवार रातभर जागराम बस्ने गरेका छन । बाढी पहिरोको उच्च जोखिममा रहेको रावलबाडा बस्तीलाई सरकारले अन्यत्रा स्थानमा सार्न अति जरुरी भइसकेको वडाअध्यक्षले सुनाए ।

रावलबाडा गाउ“का दलित परिवारले बस्ती अन्यत्रा सारि दिन गाउ“पालिका, कर्णाली प्रदेश र संघीय सरकार सित बारम्बार गुहार माग्दै हैरान भएपनि कार्यन्वयन नहु“दा चिन्तित छन । रावलबाडा गाउ“ बाढी पहिरोको उच्च जोखिम छ सोरु गाउ“पालिकाका अध्यक्ष धर्मबहादुर शाहीले भने बजेट अभावका कारण उक्त बस्ती अन्यत्र सार्न गाह्रो भइरहेको छ ।

सोरु गाउ“पालिका भरिका ५५ बटा बस्ती मध्ये दलितको बाहुल्यता रहेको रावलवाडा गाउ“ बाढी पहिरोको जोखिममा रहेको अन्यत्र सार्न अति आबश्यक देखिएको उनको भनाई छ ।

प्रकाशित मिति : २०८१ असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस