
जुम्ला – लगातारको विरल वर्षासँगै आएको पहिरोले कर्णाली राजमार्गको विभिन्न खण्ड अबरुद्ध भएको छ । लगातार भईरहेको वर्षाले विभिन्न ठाउँमा पहिरो आउन थालेपछि कर्णाली राजमार्ग शनिवारदेखि पूर्ण रुपमा बन्द भएको छ ।
कर्णाली राजमार्ग भएर सुर्खेत, नेपालगन्जदेखि कालिकोट, जुम्ला र मुगु आवत जावत गर्ने सवारी साधनहरु अलपत्र परेका छन् । कर्णाली राजमार्ग अन्तरर्गत टिमुरे भिड, गाल्जे पिली, गगनेखोला, एसमोड, हुल्म बजार लगायतका ठाउँमा पहिरोले कर्णाली राजमार्ग शनिबारदेखि बन्द भएको हो ।

सडक डिभिजन जुम्लाका अनुसार कार्यालयका सबै मेसिन सहित जनशक्ति पहिरो प्रभावित क्षेत्रमा खटिएपनि सबै ठाउँमा एकैसाथ अबरुद्ध खुलाउन सकिएको छैन् ।
निर्माण व्यवसायीहरुलाई सडक खुलाउन डोजर सहयोग गर्न समेत अपिल गरिएको छ । यदपी हरेक वर्ष बर्खाको समयमा यात्रामा सास्ती हुनेभएपछि सम्भावित क्षेत्र आपसाप डोजर तथा जनशक्ति तयारी अबस्थामा राख्नु पर्नेमा स्थानीय नागरिकको माग छ ।

अविरल वर्षासँगै सडकमा पहिरो जान थालेपछि कर्णालीमा दैनिक उपभोग्य बस्तुको मुल्यमा बृद्धि हुने अनुमान गरिएको छ । पुरानो सामान मौज्दात भएपनि भर्खर ल्याएको भन्दै चर्को मुल्य असुल्ने समस्या भएकोले बजार अनुगमनमा प्रहरीले जोड दिन समेत आश्यक छ ।