मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न रास्वपा अनुशासन आयोगको सिफारिस

sharethis sharing button

काठमाडौँ । रास्वपाको अनुशासन आयोगले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ ।  अनुशासन समितिले उनलाई साधारण सदस्य समेत नरहने गरी सिफारिस गरेपछि यसबारे निर्णय गर्न केन्द्रीय समिति बैठक बसिरहेको छ । 

रास्वपाको केन्द्रीय समिति बैठकमा आयोगको सिफारिसमाथि छलफल भइरहेको केन्द्रीय सदस्य शिशिर खनाललले बताए । 

अस्वाभाविक हर्कत र पार्टी हितविपरितको गतिविधि गरेको भन्दै गत बुधबार बसेको केन्द्रीय समितिले ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो ।

जसअनुसार थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो । 

रातोपाटी

प्रकाशित मिति : २०८१ असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस