गुठिलाई भाडा नतिर्ने टहरामा तालाबन्दी

जुम्ला । चन्दननाथ भैरवनाथ गुठीको जग्गामा संचालित भाडा नतिर्ने टहरामा ताला लगाइएको छ । ६ महिनादेखि १८ महिना सम्मको भाडा नतिर्ने टहरामा गुठि व्यवस्थापन समितिले ताला लगाएको हो चन्दननाथ भैरबनाथ गुठि व्यवस्थापन समिति संग भएको सम्झौता अनुसार विभिन्न व्यापार व्यवसाय संचालन गरेर लामो समय सम्म भाडा नतिर्ने व्यापारीको टहरामा ताला लगाइएको छ ।

गुठिको जग्गा सयौ जनालाई व्यवसायीक प्रयोजनका लागि भाडामा दिइएको छ । तर अधिकांश व्यापारीले भाडाको जग्गामा पक्की संरचना बनाएर बसेका छन् । सम्झौतानुसार लामो समय सम्म भाडा नदिने र ताकेता गर्दा पनि अटेरी गर्ने व्यापारीको टहरामा,जिल्ला प्रशासन कार्यालय,सुरक्षा निकाय र सरोकारवालाहरूको सहभागीतामा तालाबन्दी गरिएको चन्दननाथ भैरबनाथ गुठि व्यवस्थापन समितिका अध्यक्ष अम्मर बहादुर थापाले बताए ।

उनका अनुसार गुठिको जग्गामा बनेका चन्दननाथ नगरपालिका वडा नं. ५ स्थित कालेखोली लाईनमा रहेका ६ वटा टहरामा ताला लगाइएको हो । यदपी कालेखोली क्षेत्रमा गुठिको जग्गमा ३६ वटा टहरा संचालन छन् । ३६ वटा मध्य १० वटा टहराले निकै लामो समयदेखि भाडा तिरेका छैनन् ।उनीरुलाई पनि अल्टीमेटम दिईएको छ । यदी चाडै भाढा नबुझाए त्यहा पनि ताला लगाईने छ । नाम हटरा भनिएपनि संचरना निकै ठुला र पक्की भवन बनेका छन् । झट्ट गुठिको जग्गा भन्दा नीजि जस्तो देखिन्छ ।

अध्यक्ष थापा भन्छन,‘खाली जग्ग राख्नु भन्दा भाडा पनि आवस र स्थानीयको जीविको पार्जन पनि होस भनेर जग्गा भाडामा दिएका हौ । एउटै टहराबाट लाखौ रकम उठाउनु छ । तीन तीन महिनामा भाडा बुझाउने सम्झौता भएपनि अटेरी गरेका छन् । न्युनतम सात महिना देखिदेखि अधिकतम १८ महिनासम्मका भाडा तिर्न बाँकी छन् । टहराहरुले १२ देखि २० लाख सम्म तिर्न बाँकि छ ।

भाडा तिर्नको पटकपटक ताकेता गर्दासम्म नटेरेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको हो ।’कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरब नाथ मन्दिरको संरक्षण तथा प्रर्बद्धनका लागि बजेट अभाव छ । यदपी, गुठिले आम्दानीको रकम कहाँ खर्च गर्छ ? कहाँ लगानी गर्छ भन्ने बारे अहिले सम्म सार्वजानिक गरेको छैन् ।

गुठिको आम्दानी खर्चको पारदर्शीता पनि नागरिकको शंका यथावतनै छ । तर गुठिचौर जग्गामा व्यापार गरीसकेपछि भाडा तिर्न नमान्नु हदै सम्म ढिला गुर्न राम्रो पक्ष नभएको नागरिक अगुवा राज बहादुर महतको भनाई छ । उनले चन्दननाथ मन्दिरको प्रर्वद्धनका लागि सबै सरोकारवाला एकजुट हुनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०८१ असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस