यूवा पत्रकारिता पुरस्कारबाट कर्णाली मिसनकर्मी सागर परियार पुरस्कृत

जुम्ला । कर्णाली मिसन अनलाईन पत्रिकाका प्रशाक तथा प्रधानसम्पादक  सागर परियार यूवा पत्रकारिता पुरस्कार-२०८१ बाट पुरुस्कृत भएका छन् ।

जुम्लामा लामाे समयदेखी पत्रकारिता गर्दै आएका क्रियाशील पत्रकार परियार नेपाल सरकार यूवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने ‘यूवा पत्रकारिता पुरस्कार-२०८१‘ बाट पुरुस्कृत भएका हुन् ।

बुधबार सिंहदबारमा आयाेजित एक विशेष समाराेहका बीच पत्रकार परियारलाई यूवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ तथा मन्त्रालयका सचिवले नगद रासी ५० हजार सहित दाेसला ओड्याए सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।

देशभरका पत्रकारहरु मध्य प्रतिस्पर्धाबाट छनाेट भई परियारले पुरस्कार प्राप्त गर्न सफल भएका हुन् ।

जुम्लामा वि.स २०७१ सालदेखि पत्रकारितामा सक्रिय पत्रकार सागर परियारले जुम्ला सहित कर्णालीका आर्थिक,सामाजिक,साँस्कृतिक विकास निर्माण,यूवा सशक्तिकरण तथा उद्यमशीलताका क्षेत्रमा कलम चलाउदै आएका छन् ।

पुरुस्कृत भएपछि पत्रकार परियारले माेपसलकाे पत्रकारिताका संघर्षले सफलता मिलेमा खुसी व्यक्त गरे । साथै पुरस्कार वितरण चिनजानका आधारमा दिन्छन् भन्ने भाष्य आफ्नाे लागि गलत सावित भएकाे समेत उनकाे भनाई छ ।

यश अघि पत्रकार परियार स्व.दिप बहादुर स्मृती क्रियाशील पत्रकारिता पुरस्कार लगायत  जिल्लास्तरका थुप्रै सम्मान तथा पुरस्कार पाएका छन् ।

पत्रकार परियार नेपाल पत्रकार महासंघ जुम्लाका सह-सचिव तथा गिडिदह मिडिया प्रा.लीद्दारा संचालित  कर्णाली मिसन अनलाईन पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक समेत हुन् । भने काराेबार राष्टि्य दैनिक र रेडियाे नेपालमा जुम्लाबाट रिपाेर्टिङ गर्दै आएका छन् ।

प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस