
जुम्ला । ताताेपानी गाउँपालिकामा पालिका स्तरिय नागरिक समाज सञ्जाल गठन गरिएको छ । किर्डाक नेपाल क्लस्टरले आज एक कार्यक्रमका बीच नागरिक समाज सञ्जाल गठन गरिएको हो । प्रेम बहादुर अधिकारीको संयोजकत्वमा १९ जनाको सदस्यीय रहने गरी गठन गरिएको छ । सदस्यमा विभिन्न गैर सरकारी संस्था लगायत ,पत्रकार, महिला सञ्जाल, युवा सञ्जाल, बाल सञ्जाल, अपाङ्ग सञ्जाल, दलित सञ्जाल ,आमा समूह र विव्यसबाट प्रतिनिधित्व हुने गरि गठन गरिएको छ ।

यस नागरिक समाज गठन गर्नुको उद्देश्य भनेको ताताेपानी गाउँपालिकामा बालबालिकाहरुका मुख्य सवालहरु पहिचान गरी प्राथमिकरण गर्ने र पैरवीका लागि योजना बनाउने, स्थानीय सरकारलाई बाल अधिकारको कार्यान्वयनको क्षेत्रमा जबाफदेही बनाउने रहेको किर्डक नेपाल क्लस्टरका प्रकाश शाहीले बताए । उनले भने, ‘बिशेष गरी ग्रामीण क्षेत्रका बालबालिकाको अधिकार सुनिश्चित गर्न यस सञ्जाल गठन गरिएको हो ।’
गाउँपालिका सञ्जालको हकमा टाढै रहेको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए। यो नागरिक समाज गठन भएकोमा सञ्जाल मै सीमित नहोस् , बाल बालिकाको हक र अधिकारको लागि पालिकाबाट हुने सहयोग गर्नेमा जिकिर गरे । नागरीक समाज सञ्जलाल गठन पालिका स्तरिय सञ्जाल गठन हुन गैरहेकोमा आफ्नो सहमत भएको उपाध्यक्ष रेवती रावलले बताइन्। सञ्जाल गठन भइसकेपछि सबैले व्यावहारिक रूपमा लागी पर्नु पर्नेमा जोड गरिन्।
यस नागरीक समाज गठन भइसकेपछि सबैजनाको जिम्मेवारी बराबर हुने सँयोजक प्रेम बहादुर अधिकारीले बताए । आफूले मात्र गरेर केही नहुने यसमा सबै पदाधिकारीको उस्तै भुमिका रहेको टिप्पणी गरे । बाल बालिकाको क्षेत्रमा अग्रगामी पाइला चाल्नेमा यस गठित नागरिक समाज सञ्जाल सबैको साथ र सहयोगले मात्रै अगाडि बढ्नेमा उनले जोड दिए ।
कार्यक्रममा महिला सञ्जाल, युवा सञ्जाल, बाल सञ्जाल तथा बालबालिका क्षेत्रमा काम गर्ने बिभिन्न गैर सरकारी संस्थाका पदाधिकारि लगायत पत्रकार,शिक्षकहरुको बाग्लो उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण सेभ द चिल्ड्रेनका जगदिश सिंहले गरेका थिए ।